धनगढी मेयरको घोषणापत्र कागजमै सीमितः नागरिकता धितोमा राखेर एक लाखसम्म निर्वाज्यी ऋण पाएनन् स्थानीय थारु यूवा
धनगढी, ३ मंसिर । स्थानीय तहको चुनावका बेला धनगढीका मेयर नृप वड र उपमेयर सुशिला मिश्र भट्टले गरेका प्रतिबद्धताहरु घोषणापत्रमै सीमित भएका छन ।

चुनावका बेला आकर्षक योजनाहरु लागु गर्ने घोषणा गरेपनि चुनाव जितिसकेपछि कुनै पनि योजनाहरु कार्यान्नयनको चरणमा गएका छैनन । थारु युवाहरुले आफुहरुका लागि एक लाखको निर्वाज्यी ऋण उपलब्ध गराउने प्रतिबद्धता पुरा नगरेको भन्दै निरासा प्रकट गरेका छन ।
मेयर र उपमेयरले थारु समुदायका युवाहरुलाई नागरीकता प्रमाणपत्र जमानत राखेर एक लाखसम्मको निर्वाज्यी मेयर स्वरोजगार कार्यक्रम अन्तरगत आर्थिक सहयोग उपलब्ध गराउने घोषणापत्र सार्वजनिक गरेका थिए । तर चुनाव जितेर पदबाहली भएको ५ महिना हुनै लाग्दा समेत उक्त कार्यक्रम सुरु गर्न कुनै प्रक्रिया अगाडी नबढाएको स्थानीय रमेश चौधरीले बताए ।
मेयर उपमेयरले जारी गरेको घोषणा पत्रको २० नम्बर शिर्षकको बुदा नम्बर (ग) थारु समुदायका युवाहरुलाई एक लाखसम्मको मेयर स्वरोजगार कार्यक्रम अन्तगर्त आर्थिक सहयोग गर्ने कुरा उल्लेख छ । उनीहरुले थारु बस्तीमा गएर पनि एक लाख दिने भन्दै थारु मतदाताहरुलाई रिझाएका थिए ।
तर चुनाव जितिसकेपछि भने मेयर उपमेयरले घाषणा पत्रको प्रतिबद्धता बिर्सिएको भन्दै थारु युवाहरुले आक्रोस पोखेका छन । उनीहरुले चुनाव जित्ने रणनीति बनाउन सोझा थारुहरुलाई आस्वासनै मात्रै बाड्ने काम नगर्न धनगढी जाईका स्थानीय यूवा महेश चौधरी चेतावनी समेत दिए ।
कैलालीमा बसोबास गर्ने आदीवासी जनजाती थारु समुदाय अन्य समुदाय भन्दा पछाडी परेको समुदाय हो । यो समुदायमा गएर चुनावका बेला बिभिन्न दलका नेताहरुले आस्वासन बाड्ने गरेका छन । स्थानिय तहको चुनावमा पनि आस्वासन बाँडीएको तर व्यवहारमा लागु नगरिएपछि थारु युवाहरु खिन्न भएका छन । धनगढीका अर्का यूवा संजित चौधरीले तत्काल निर्वाज्यी एक लाख उपलब्ध गराउने भनिएको मेयर स्वरोजगार कार्यक्रम कार्यान्नयन गर्न माग गरे ।
घोषणा पत्रमा लेखिएको मेयर स्वरोजगार कार्यक्रम संचालन गर्न नीति र नियमावली बनाउने काम मेयर उपमेयरले पदबाहली गरेको सय दिनमै गर्न सकिने काम हो । तर उतिबेला थारु मतदाता रिझाउन आकर्षक आस्वासन बाँडेका मेयर उपमेयरले अहिले यो कार्यक्रम संचालनमा ल्याउन पहल गरेका छैनन । घोषणापत्रमा मेयर स्वरोजगार कार्यक्रम संचालन गरिने उल्लेख भएपनि, यसपालीको नगरपरिषदबाट नपास भएको र त्यसका लागि कुनै निममावली बनाउने प्रकृया पनि सुरु नभएको बताउँछन्, धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरी ।
नेताहरुले, चुनावका बेला आशलाग्दा भाषणहरु ठोक्नु परम्परा भईसकेको छ । अहिले फेरि नेताहरु आश्वासनका लड्डु ल्याएर मतदाता माझ आएका छन । त्यसैले अहिले मतदाताले आफ्नो मतको हिसाव माग्ने बेला आएकाले तपाईले पनि यसअघिका प्रतिवद्धता किन पुरा भएनन ?













