प्रकाश दाहालको निधन
काठमाडौं, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका एक्ला छोरा प्रकाश दाहालको निधन भएको छ । आइतबार विहान ५ बजे वानेश्वरमा हृदयाघात भएपछि थापाथलिस्थित नर्भिक अस्पतालमा उपचारको लागि लगिएको थियो तर उनको बाटोमै मृत्यु भइसकेको बताइएको छ ।
बेहोस अवस्थामै अस्पतालमा पुर्याएका दाहालको निधन भइसकेको तर बुबा प्रचण्ड काठमाडौं आइनपुगेका कारण मृत घोषणा गर्न बाँकी रहेको अस्पताल स्रोतको भनाई छ ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पनि प्रकाश जिवत रहेको बताउन सकिनन् । उनले आफूहरु डाक्टरको सूचना कुरिरहेको बताएकी छन् ।
चुनावी कार्यक्रमलाई सम्बोधन गर्न झापामा रहेका बुबा प्रचण्ड काठमाडौं आउँछन् । त्यसैगरी चितवनबाट रेणु दाहाल पनि हिँडिसकेकी छन् ।त्यसैगरी चुनावी मैदानमा रहेकी श्रीमती विना मगर कञ्चनपुरबाट हिडेको बताइएको छ ।
परिवारका सबै सदस्य आएपछि मृत घोषणा गर्ने बताइएको छ । कलिलै उमेरमा बुबासँगै जनयद्धमा पूर्णकालिन भएर हिडेका थिए प्रकाश । अरु नेताका छोराछोरी शहरमा पढिरहेका बेला उनी बन्दुकसँग खेल्दै थिए । शान्तिप्रक्रिया आएपछि प्रकाश दाहाल आलोचनका पात्र समेत भए ।













