सिउ उसु क्यान प्रतियोगिता शुरु
कैलाली, २ मंसिर । उसु खेलमा राज्यले ध्यान दिन नसकेको भन्दै उसु खेलको विकास र विस्तारका लागि सिउ उसु क्यान प्रतियोगिता धनगढीमा शुरु भएको छ ।
२ दिन सम्म सञ्चालन हुने सो प्रतियोगिताको उद्घाटन कैलालीको क्षेत्र नम्बर ५ का बाम उम्मेदवार नारदमुनी रानाले गरेका छन् ।
प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै प्रतिनिधी सभा ५ का उम्मेदवार रानाले यस क्षेत्रका जनताले आफुलाई जियय गराई खेल क्षेत्रको विकासका लागि छुट्ै प्याकेज ल्याउने बताए ।
लामो समय देखि प्रत्येक्ष तथा अप्रत्येक्ष रुपमा खेल क्षेत्रको विकासका लागि आफुले काम गदै आएको उनको भनाई छ ।
सिउ उसु क्यान कैलालीका अध्यक्ष नारायण लम्सालले राज्यले क्यानको विकासका लागि कुनै पहल नगरेका कारण यो प्रतियोगिता सञ्चालन गरेको बताए । उनले सिउ उसु क्यानले उत्पालन गरेका खेलीडीहरु अहिले राज्यको सुरक्षा निकायमा रहेर खेलक्षेत्रको माध्यमबाट राज्यको नाम रोश्नी गरिरहे पनि राज्यले यस खेललाई उपेक्षा गरेको बताए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको सिउ उसु क्यानको आयोजनामा संचालन भएको २ दिने प्रतियोगितामा सुदुर तथा मध्यपश्चिमका १ सय ३० जना खेलाडीको सहभागिता रहेको छ ।













