फेरिदो प्रचार शैली, जनताकाहाँ पुग्न नपाएपछि फोनबाटै चुनाबी सभालाई सम्बोधन

धनगढी, १ मंसिर । आन्नस प्रतिनीधि सभा र प्रदेश सभाको चुनाव नजिकिदैगर्दा लक्ष्मण थारुले जेल भित्रबाट चुनाबी सभालाई सम्बोधन गरि जनतासंग भोट मागेका छन् ।

लक्ष्मण थारुलाई जिताउ अभियानमा लागेका कार्यकर्ताहरु प्रचारप्रसारको क्रममा फोनलाई स्पिकरमा जोडेर चुनाबी सभा सम्बोधन गर्न आग्रह गरेको थारुको भनाई छ । उनले आफू जेलमा भएपनि आफ्नो एजेण्डा जनता कहाँ पुरयाउन प्रविधिले साथ दिएको बताए ।
उनी विहान ९ बजेदेखि साँझा ५ बजे सम्म टेलिफोनमै व्यस्त हुने गरेको बताउदै आफूले सभालाई सम्बोधन गर्नुपर्ने ठाउँमा सो प्रविधि प्रयोग गर्ने गरेको बताए ।

‘प्रत्यक्ष रुपमा जनतामाझ जान नसक्नु दुःखद बाध्यत्मक अवस्था छ तर आम जनतालाई थाहै छ कि हामीलाई झुठो मुद्धामा फसाइयो भनेर जनताहरुहरुले हामीलाई जेल मुक्त गर्नुपर्छ र पहिचानको मुद्धा स्थिापित गर्नुपर्छ । त्यसैले घरदैलो अभियानमा मेरो भौतिक शरिर भन्दापनि अवाजको माग बढेपछि फोनमै भाषण गर्नु परेको छ ।’

उनले पहिचानसहितको संघीयता तथा थरुहटको मुद्धा स्थापित गर्न र विकास तथा सम्पन्नताको लागि भष्टचार विरुद्ध लड्न आफ्नो जित आवश्यक रहेकोले सबै जनतासंग भोटको अपिल गरेको बताए ।

मंसिर २१ गतेको निर्वाचनमा आफ्नो जित सुनिश्चित गर्न सबै उम्मेदवारहरु प्रचार शैली फेरिएको छ । उम्मेदवारका कार्यकर्ता, आफन्त तथा शुभचिन्तकहरु फेसबुक ट्यूटर लगायत सामाजिक सञ्जालमा बढि चासो दिएको देखिन्छ ।