प्रहरी राति नेकपाका नेताको घर पस्दा झडप, दुई घाइते

लम्की, १ मंसिर । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य ध्रुव सन्‍ज्‍याललाई गिरफ्तार गरेको छ । प्रहरी जबरजस्ती राति घरमा पसेर पस्न खोज्दा स्थानीयले प्रतिकार गरेका थिए । राति घरमा सुतिरहेको अवस्थामा सन्ज्याललाई प्रहरीले गिरफ्तार गरेको हो ।


कैलालीको लम्की बसपार्कस्थित आफ्नै घरमा सुतिरहेका सञ्ज्याललाई पक्राउ गर्नुको साथै प्रहरीले ध्रुवकी श्रीमती पार्वती र छोरी नविनालाई कुटपिट गरेको छ । ध्रुवकी बहिनी ताराका अनुसार उनीहरुको लालरत्न अस्पतालमा उपचार भइरहेको छ।