चार जिल्लामा मतदानको तयारी पुरा

कैलाली, १ मंसिर । प्रदेश नम्बर ७ का ४ जिल्लामा मंसिर १० गते हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचको सम्पुर्ण तयारी पुरा भएको क्षेत्रिय निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।

प्रदेश नम्बर ७ मा पहिलो चरण अन्तरर्गत दार्चुला, बैतडी, बझाङ र बाजुरामा प्रदेश र प्रतिनिधी सभाको निर्वाचन हुदैछ । ४ वटा जिल्लामा मतदानकालागि आवश्यक पर्ने मतपत्र, मत पेटिका लगायतका सामाग्री पुगिसकेको क्षेत्रिय निर्वाचन कार्यालय कैलालीका प्रमुख मोहन प्रसाद अर्यालले जानकारी दिए ।

उनले आजैदेखि मतदान निरिक्षकहरुका लागि तालिम समेत शुरु भएको बताउदै ढिलो गरि शुरु भएको मतदाता शिक्षा अहिले चार वटै जिल्लामा ब्यापक चलिरहेको उनको भनाई छ ।

ती जिल्लाका मतदाताहरुले मंसिर ८ र ९ गते आफुले मदान गर्ने मतदान केन्द्रबाट परिचयपत्र लिन सक्ने ब्यवस्था रहेको क्षेत्रिय निर्वाचन प्रमुख अर्यालले बताए ।

पहिलो चरणमा निर्वाचन हुने प्रदेश नम्बर ७ का चार जिल्लामा मतदाता शिक्षा लाई त्यति प्रभाबकारी बनाउन नसकिएपनि अन्य ५ जिल्लामा प्रप्यात समय भएका कारण स्थानिय तहको निर्वाचन भन्दा यस निर्वाचनमा मतपत्र बदर नहुने अर्यालले बताए ।

अहिले कैलाली जिल्लाका ५ सय ३८ वटा मतदान स्थलमा मतदाता परिवेक्षकले मतहाल्ने तरिका सिकाईरहेको बताए । स्थानीय तहको निर्वाचन भन्दा अहिलेको निर्वाचनमा मतपत्र समेत सहज भएको कारण मतबदरको संख्या कमहुने अपेक्षा निर्वाचन आयोगले गरेको बताए ।