प्रदेशको राजधानीबारे राजनीतिक दलमा अन्यौलता

धनगढी, ३० कात्तिक । संविधान जारी भएको २ बर्ष बितिसकेको छ । संविधान कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचन सम्पन्न भई अब प्रदेश र प्रतिनिधी सभाको निर्वाचन हुदैछ । नयाँ सविधान जारी भएलगतै प्रदेशको राजधानी टुङगो लाग्नु पर्ने हो । तर अहिले सम्म राजधानी फिक्स नहुदाँ स्थानीय तहको निर्वाचनका वेला प्रदेश नम्बर ७ मा जोडदार रुपमा उठेको राधानीको विषयले यति वेला हुनगइरहेको प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा समेत यो विषयले ठुलै हलचल ल्याएको छ ।

संविधान कार्यान्वयनका लागि प्रदेशहरूको राजधानी टुंगो लगाउनु राजनैतिक दलका लागि कोशेढुंगा सावित हुने देखिन्छ । अहिले प्रदेश नम्बर ७ को राजधानी डोटी वा कैलालीको धनगढी राख्ने भन्ने विषय निकै पेचिलो बनेको छ । केहि दिन पहिले डोटीका प्रदेश र प्रतिनिधी सभाका उम्मेदवारले डोटी राजधानी नभए निर्वाचत भएको प्रदेश र प्रतिनिधी सभाको पदबाट राजिनामा दिने बताएका छ् । यति वेला डोटी राजधानीको विषयले राजनैतिक माहोल तातेको छ । यता धनगढीका स्थानीयले समेत प्रदेश नम्बर ७ को राजधानी धनगढी हुनुपर्छ भन्दै आएका छन् । भौगोलिक सुगमता, भौतिक संरचना, नौ वटै जिल्लाको प्रवेशद्धार कैलाली भएका कारण राजधानी यतै हुनु पर्न जोडदार माग गरिरहेका छन् ।

डोटीका उम्मेदवारले राजधानीको विषलाई महत्वका साथ अघि सारेपनि कैलालीका उम्मेदावारले त्यति चासो दिएको पाइदैन् । स्थानीय तहको निर्वाचनमा जति राजधानीको वियषमा कुरा उठ्यो त्यति प्रदेशको निर्वाचनमा राजधानीका विषयमा कुरा नउठ्ेको धनगढीका स्थानीय टेक चन्द्र निरौलाले बताए । उनले प्रदशे नम्बर ७ का कैलाली जनसंख्या, भौतिक संरचना, भौगोलिक सहजता लगायत विभिन्न कारणले कैलाली उपयुक्त भएका कारण कैलालीका उम्मेदावरले यो विषयलाई पहिलो प्राथमिकता दिनु पर्न बताए ।

प्रदेश नम्बर ७ को राजधानी यो कुनै व्यक्ति वा दलको निहित स्वार्थमा तोकिनुहुँदैन । पंक्तिकारलाई प्रदेश नम्बर ७ को राजधानी दार्चुलामा उपयुक्त होला । कैलाली टीकापुरका जनतालाई टीकापुरमा राजधानी चाहिएको होला । अछामका एमाले नेता भीम रावललाई अछामको साँफेबगर राजधानी बनाउन पाए हुन्थ्यो लागिरहेको होला । कांग्रेस सभापति शेरबहादुर देउवालाई डडेलधुरामा, तर प्रदेशको राजधानी बनाउँदा सवैको साझा विन्दू पहिचान गरी राख्दा उचित होला की ?