कैलालीमा नेकपाका नेताहरुलाई प्रहरीले घेरा हाल्दा दोहोरो झडप, प्रहरी घाइते, जिल्ला इन्चार्ज सहित दुई नेता गिरफ्तार

हसुलिया, ३० कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका कैलाली इन्चार्ज रामबहादुर चौधरी ‘माहान’लाई गिरफ्तार गरेको छ ।

बुधबार साँझ ७ बजे हसुलियाबाट गिरफ्तार गरेको हो । स्थानीयको घरमा चौधरीसँगै प्रहरीले सेती ब्यूरो सदस्य प्रकाश मल्ललाई पनि गिरफ्तार गरेको छ ।

प्रहरीले गाउँलाई नै घेरा हालेर गिरफ्तार गरेको सेती ब्युरो कार्यालय सचिव डबलबहादुर शाहले जानकारी दिए । प्रहरी घरमा प्रवेश गर्दा स्थानीयले प्रतिकार गरेका थिए । प्रहरी र स्थानीयबीच दोहोरो झडप भएको थियो । झडपमा परी केही प्रहरी र केही स्थानीय युवा घाइते भएका छन् ।

यसअघि नेपाल कम्युनिस्ट पार्टी निकट सुकुम्बासी संगठनका केन्द्रीय उपाध्यक्ष मिनराज गिरी र कैलाली अध्यक्ष तपेन्द्र रसाइलीलाई प्रहरीले गिरफ्तार गरिको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढीमा सुरक्षा निकायलाई नेकपा नेता–कार्यकर्तालाई गिरफ्तार गर्न निर्देशन दिएसँगै प्रहरीले गिरफ्तार र धरपकड बढाएको छ ।