कैलालीमा सुरक्षाको अवस्था मजबुद भएको प्रहरी कार्यालयको दाबी

कैलाली, २७ कात्तिक । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारलाई लक्षित गरी पछिल्ला केही दिनदेखि उम्मेदवारमाथि विभिन्न जिल्लामा आक्रमणका प्रयास भइरहे पनि कैलालीमा अहिले सम्म शान्तिपूर्ण रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कैलाली जिल्लामा मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधी सभाको निर्वाचनका लागि १ सय १८ जना चुनावी मैदानमा उत्रेका । १ सय १८ मध्ये हाल सम्म कैलालीमा सुरक्षा थरेटलाई लिएर एक जनाले मात्र सुरक्षाको माग गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रबक्ता वीर बहादुर बुढामगर बताए ।

उनले जिल्ला प्रहरी कार्यालयले सवै उम्मेदवारको सुरक्षालाई मध्येनजर गर्दै सादा पोसाक तथा राष्ट्रिय अनुसन्धान विभागका प्रहरी पनि चरिचालन भएको बताए । कुनै पनि उम्मेदवारले सुरक्षाको माग गरे प्रहरी सुरक्षा दिन तयार रहेको प्रवक्ता बुढामगरको भनाई छ ।

चुनावी प्रचार प्रसारका क्रममा निर्वाचनका उम्मेदवारहरुलाई लक्षित गरी आक्रमणले सुरक्षा व्यवस्थामै प्रश्न चिहृन उठाइरहेको बेला आयोगले सुरक्षा निकायका प्रमुखसंग छलफल समेत गरिसकेको जनाइएको छ ।

प्रचार प्रसारका क्रममा शुक्रबार रुकुममा माओवादी नेता जनार्दन शर्मालाई लक्षित गरी बम प्रहार भएको थियो भने शनिबार रोल्पामा माओवादी नेता वर्षमान पुन चढेको गाडीलाई लक्षित गरी माइन विस्फोट गराइएको थियो ।