बदर मत कम गर्न सामुहिक मतदाता शिक्षा
धनगढी, २६ कात्तिक । मंसीर २१ गते हुने प्रतिनिधि सभामा मतदान गर्ने तरिका सिकाउन र मत वदरलाई घटाउनका लागि मतादाता कार्यकर्ताहरुलाई प्रशिक्षण प्रशिक्षण सुरु भएको छ । प्रशिक्षण लिएका प्रशिक्षर्थीहरुलाई मतदाताको माझमा पठाउन निर्वाचन आयोग तयारी थालिएको बताईको छ । अघिल्ला निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको र वदर मतको संख्यालाई कम गर्नका लागि यसपाली नयाँ रुपमा मतदाता शिक्षा अगाडी वढाईने भएको छ ।

विगतका विभिन्न निर्वाचनहरुमा एक्लाएक्लै मतदातालाई मतदान गर्न सिकाउँदै आएकोमा यसपाली भने सामुहिक रुपमा मतदाता शिक्षा दिईने भएको छ । एक मतदान केन्द्रमा एक जनाको हिसावले ५ सय ३८ जना मतदाता स्वयम सेवक छनौट गरिएकोमा उनीहरुलाई मतदान गर्ने तरिका सिकाउने काम थालिएको क्षेत्रीय निर्वाचन अधिकारी मोहन अर्यालले बताए ।
क्षेत्रीय निर्वाचन कार्यालय कैलालीले ६ जना प्रशिक्षक मार्फत मतदाता शिक्षा कार्यकर्ताहरुलाई मतदान गर्ने तरिका सिकाईरहेको छ । मतादाता शिक्षा दिनका लागि सामाजिक परिचालक, स्थानीय स्तरमा रहेका विद्यालयका शिक्षक र कक्षा १० उत्तिर्ण भएकालाई तालिम दिएर मतदातालाई मत हान्ने तयारी सिकाउन कार्यक्षेत्रमा खटाईने बताइएको छ।
गत असारमा भएको स्थानीय तहको निर्वाचनका लागि कैलालीमा एक करोड २० लाख रुपैया मतदाता शिक्षाका लागि खर्च भए पनि झण्डै १० प्रतिसत मत बदर भएका थिए । त्यही गुनासोलाई सम्वोधन गर्न यसपाली अझ ध्यान दिईएको क्षेत्रीय निर्वाचन कार्यालय कैलालीका क्षेत्रीय निर्वाचन अधिकारी अर्यालले बताए ।













