बस दुर्घटनामा ३ जनाको मृत्यू, ३६ घाईते
धनगढी, २६ कात्तिक । कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने स्थानमा आईतवार विहान भएको यात्रुवहाक वस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । एक बालक र दुई महिला सहित तीन जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । धनगढी–डडेल्धुरा भीमदत्त पन्त राजमार्ग अन्तर्गत भएको दुर्घटनाका घाईतेलाई उपचारका लागि ल्याउने क्रममा उनीहरुको मृत्यु भएको हो । मृतक ३ जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा बैतडी ६ शिवनाथकी ६४ वर्षिय भुन्टी देवि चन्द, बैतडीको पञ्चेश्वर ४ कि २४ वषिउ कविता तिवारी र बैतडीको पाटन नगरपालीका ५ कि १८ वर्षिय रेवती भट्ट रहेको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा ३६ जना घाईते भएका छन ।
घाईते हुनेहरुमा बैतडीको विशालपुर ९ का २१ वर्षिय सुरेश ओझा, बैतडी ४ आमचौरका १३ वर्षिय सुरज सिंह हलदाल, बैतडी १ मेलौलिका २२ वर्षिय विना खाजी, बैतडी १ मेलौलीकै ४५ वर्षीय प्रताप भट्ट र १८ वर्षिय गणेश भट्ट रहेका छन ।
यस्तै बैतडी ५ शिवनाथका ५१ वर्षिय मधु धनाडी, सोही ठाउँका ५७ वर्षिय शिव सिंह धनाडी, २१ वर्षिय भिम धनाडी, १४ वर्षिय सुरज धनाडी, बैतडी ७ मेलौली का २२ वर्षिय भोजराज भट्ट, सोही ठाउँका १८ वर्षिय दिपक भट्ट, कञ्चनपुरको बनखेतकी २२ वर्षिय मनिसा धनाडी, कञ्चनपुरकै दोधारा चादनीकि २४ वर्षिय सुनिता ओड, सोही ठाउँका २० वर्षिय सुरेश पहरी, ५ वर्षिय अमित, ७ वर्षिय अञ्जली पहरी रहेका छन ।
यस्तै बैतडी ४ पञ्चेश्वरका २१ वर्षिय महादेव तिवारी, बैतडीको मेलौली ६ का १८ वर्षिय प्रकाश भट्ट, मेलौली ७ का २६ वर्षिय गौरव सिंह भट्ट, उदयदेव ३ का २६ वर्षिय डम्मर सिंह, मेलौली ७ का ५२ वर्षिय गनरी पार्की, कञ्चनपुरको दोधारा चादनीका अन्दाजी २३ वर्षिय किरण धनाडी, सोही ठाउँका कविर धनाडी, बैतडीको शिवनाथ ५ का ४० वर्षिय अर्जुन साउद, मेलौली ७ का ४५ वर्षिय हिक्मत भट्ट, दोधारा चादनीका २४ वषिय नैनसिंह धनाडी, रहेका छन ।
यस्तै बैतडीका १९ वर्षिय शंकर सिंह, पाटन नगरपालीका ५ का ४० वर्षिय गगन सिंह ठगुन्न, कञ्चनपुरको कृष्णपुर २ वाणीका ४७ वर्षिय गणेश दत्त भट्ट, कञ्चनपुरको बनखेतका १४ वर्षिय संतोष दास, सोही ठाउँका ५० वर्षिय राम दास रहेका छन । यस्तै बैतडीको मेलौली १ का ३० वर्षिय प्रारसिया साउद, शिवनाथका २५ वर्षिय दिपक चन्द, कञ्चनपुरको वनखेतका ४२ वर्षिय मानसिंह धनाडी, मेलौली १ कि सरस्वती साउद, र शिवनाथ ५ का ३० वर्षिय रगविर साउद रहेका छन ।
घाईते मध्ये गम्भीर दुई जना कञ्चनपुरको बनखेतका १४ वर्षिय संतोष दास र सोही ठाउँका ५० वर्षिय राम दास लाई भारत रेफार गरीएको छ । बैतडीको मेलौलीबाट छुटेको कञ्चनपुरको पवनदूत यातायातको ना ७ ख २७२३ नंम्वरको वस आज विहान ५ वजेतिर सडकवाट तल खस्दा दुर्घटना भएको हो । घाईते अन्यको अत्तरीया स्थित पदमा अस्पतालमा उपचार भईरहेको छ ।













