निर्वाचनलाई हिंसा रहीत बनाउन सरकारी तथा गैरसरकारी क्षेत्रको प्रतिबद्धता
महेन्द्रनगर, २५ कात्तिक । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई हिंसा रहीत बनाउन कञ्चनपुर जिल्लामा आयोजित एक कार्यक्रममा सरकारी तथा गैरसरकारी क्षेत्रका सहभागीहरुले प्रतिबद्धता जनाएका छन् ।

युएनडिपीको सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रमद्वारा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई हिंसा रहीत बनाउन हिंसा रहीत बनाउन कार्यक्रमका सहभागिहरुले प्रतिबद्धता बताएका हुन ।
कार्यक्रमका प्रमुख अथिति डाक्टर राजेन्द्र कुमार आचार्यले सहभागिले राखेका जिज्ञासा तथा उठाए विषयवस्तुको सम्बोधन हुने र शान्तिपुर्ण रुपमा निवार्चन सम्पन्न हुने कुरामा सबैलाई आश्वास्त पार्नु भयो । उहाँले सुरक्षा व्यवस्था व्यवस्थित गरिएको जानकारी दिँदै प्रेस पास, सवारी पास आदिको विगतमा देखिएको समस्या पनि समाधान गरिने जानकारी दिनु भयो ।
बिशिष्ट अथितिका रुपमा रहँनु भएका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले स्थानिय तहको निर्वाचनको अनुभव सहित आगामी मंसिर २१ गते हुने प्रतिनीधि र प्रदेश सभाको निर्वाचनमा हुन सक्ने सम्भावित हिंसा र त्यसको समाधानका लागि भरपुर प्रयास गरिने पनि जानकारी गराउनु भयो ।
कार्यक्रममा नेपाली काग्रेसका कोषाध्यक्ष टेकबहादुर कठायत, नेकपा एमालेका नरबहादुर बिक, वेदकोट नगरपालिकाका प्रमुख अशोक चन्द, जिल्ला समन्वय समितिका संयोजक फैरु तामाङ्ग, पत्रकार चित्राँग थापा लगायतका सहभागिहरुले मंसिर २१ गते हुन गई रहेको चुनाव शान्तिपुरर्ण हुने विश्वास व्यक्त गरे ।
जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधि लीला जोशीले निर्वाचन सम्बन्धी, युएनडिपीका क्षेत्रीय सल्लाहकार अर्जुन कुश्वाहाले सामाजिक सदभाव सम्बन्धि प्रस्तुतिकरण गरेका थिए भने कार्यक्रमको सहजिकरण वरिष्ठ पत्रकार उमीद बागचन्दले गर्नु भएको थियो ।













