उद्द्यमशिलता तथा व्यवसायिक योजना निर्माण तालिम सम्पन्न
हसुलिया, २४ कात्तिक । युरोपियन युनियनको आर्थिक सहयोग तथा समाज नेपाल दाङको प्राबिधिक सहयोगमा थारु महिला उत्थान केन्द्र बर्दियाले ४ दिने उद्द्यमशिलता शिप बिकास र व्यवसायिक योजना निर्माण तालिम सम्पन्न गरेको छ ।

मुक्त कमैया कम्लहरीहरुको खाद्य अधिकार र जमिनमा स्वामित्वको पहुचका लागि साझेदारी ‘सहकार्य’ परियोजना अन्तर्गत धनगढीले सो तालिम सत्तचालन गरेको हो ।
तालिममा कैलारी गाँउपालिक वडा न ५ सपना मुक्त कमैया बस्तिका २५ जना मुक्त कमैयाहरुको सहभागिता रहेको आयोजकले जाएको छ ।
कैलारी गाँउपालिकाका अध्यक्ष लाजु राम चौधरीले तालिम समापन गर्दै मुक्त कमैया तथा छुट कमैयाहरुको समस्याहरुको सुनुवाई गर्ने प्रमुख निकाय भुमि सुधार भएको गाउँपालिकाले सो समाधान गर्ने अधिकारबाट बञ्चित रहेको बताए ।
उनले गाउँपालिकालाई सबै अधिकार नभएकोले आफुले सोचे अनुसारको कदम चाल्न गाह्रो हुने बताए । ४ महिनमा ५० प्रतिशत बिकासको काम शुरु भईुकेको अध्यक्षले जानकारी दिए । उनले मुक्त कमैयहरुका लागि १ लाख रुपैया जिबिकोपार्जन टुट्टयाएको जानकारी समेत दिए ।
तालिममा प्रशिक्षक अधिबक्ता जोहारी लाल चौधरी रहेका थिए ।













