आयोगलाई पीडित मैत्री बनाउन सर्वे
धनगढी, २३ कात्तिक । सत्यनिरुपन तथा बेपत्ता छानबिन आयोगलाई द्धन्द्ध पीडित मैत्री बनाउन दुई वर्षे परियोजना सञ्चालन गर्न महिला कानुन विकास मञ्चले सर्वे गरिरहेको बताइएको छ ।
बुधबार धनगढीमा श्रोत व्याक्तिसंग बैठक बसी मञ्चले सो कुरा जानकारी दिएको हो । मञ्चले शान्तिकोलागि सामुदायिक सहकार्य परियोजना सञ्चालन गर्न लागेको परियोजनाका म्यानेजर मान बहादुर भण्डारीले जानकारी दिए ।
मञ्चले संक्रमणकालिन न्यायको कानुन कार्यन्वयन गर्न कस्तो खालको अवधारण ल्याउने र पीडितहरुको अवस्थाको विषयमा जाँचबुझ गर्न परियोजना सञ्चालन गर्न लागेको मञ्चका संयोजक जानकी तुलाधरले बताईन ।

बैठकमा हाल थारु बुद्धिजीवि प्रभात कुमार चौधरीले सम्म आयोग पीडित मैत्री बन्न नसकेको गुनासो गरेका थिए । पछिल्लो चरणमा धेरै मुद्धाहरु न्यायक समितिमा आउने गरेको बताउदै न्यायक समितिले कस्तो खालको मुद्धाहरु हेर्ने भन्ने कुरामा अनविज्ञ भएको कारण पीडित झन पीडा खेपिरहेको जानकारी दिए ।
त्यसै गरी द्धन्द्ध पीडित साझा चौतारीका क्षेत्रिय संयोजक गणेश मल्लले आयोग बने पनि राजनीतिक भागबन्दामाले प्रभावकारी नभएको बताए ।
त्यस्तै अन्तपार्टी महिला सञ्जालका पूर्व अध्यक्ष निर्मला रिजालले पीडित महिलाहरु गोप्य अदालतको माग गरेको कुरा पटक पटक उठाएको बताउदै द्धन्द्ध पीडित सम्बन्धी काम गर्ने विभिन्न संघ संस्थाहरुले घुमाईफिराई पुनः त्यही महिलाहरुलाई पीडित बनाएको उदाहरण धेरै रहेको जानकारी दिईन् ।
त्यसै गरी इन्सेकका कृष्ण विकले द्धन्द्ध पीडितहरु राजनीतिक पहुचको अधारमा अन्तरिम राहत पाएको दाबी गरे । उनले फुलबारीमा मात्रै ३० प्रतिशत व्यक्ति पीडित नभएपनि राहत पाएको बताए । शान्ति समितिमा राजनीतिकरण भएकोले जिल्ला प्रसाशनलाई राजनीतिक दबाव परिरहेको उनको भनाई थियो ।













