एनआईसी एशियाको नयाँ शाखा जोशीपुरमा
धनगढी, २२ कात्तिक । एनआई सी एशिया बैंकले कैलालीको जोशीपुर गाउँपालिका वडा नं. २ मा शाखा विस्तार गरेको छ । शाखाले पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया निजी क्षेत्रको अग्रणी बैंक भएको संस्थाको दाबी छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडी सारेको छ ।













