गेटा मेडिकल कलेज निर्माणका लागि कच्चा पदार्थ अभाव

धनगढी, २२ कात्तिक कैलालीको गेटामा रहेको मेडिकल कलेज निर्माणको काम तिब्र गतीमा अघि बढिरहेको बेला, अब भने निर्माण सामाग्रीको अभाव हुने देखिएको छ । ठुलो योजना भएपनि सरकारले यसलाई राष्ट्रिय गौरवको योजनामा नराखेकाले निर्माण कम्पनीहरुले कच्चा पदार्थ ढुंगा, बालुवा गिट्टी संकलनका लागि खोलाहरुमा मेसिनको प्रयोग गर्न नपाएपछि निर्माण सामाग्रीको अभाव हुन थालेको हो ।

प्राकृतिक स्रोत ब्यवस्थापन निर्देशीका अनुसार राष्ट्रिय गौरवका योजना बाहेक खोलानालाहरुबाट जेसिवी जस्ता मेसिनको प्रयाग गरेर ढुंगा, बालुवा गिट्टी संकलन गर्न पाइदैन । गेटा मेडिकल कलेजका निर्माण ब्यवसायीहरुले सरकारले ढुंगा, बालुवा गिट्टी संकलनका लागि सहजता नगरिदिए निर्माणमा ढिलाई हुनसक्ने भन्दै चिन्ता ब्यक्त गरेका छन ।

पुर्वाधारहरु राष्ट्रिय गौरवको योजना भन्दा पनि ठुला बनिरहेका तर सरकारले त्यसलाई राष्ट्रिय गौरवको योजना भनि नसकेकाले निर्माण सामाग्रीको अभाव हुने देखिएको कलेज भवन निर्माण योजनाका प्रमुख शैलेश श्रेष्ठले बताउनुभयो । तीन तलाको अस्पताल भवन, तीन तलाकै कलेज भवन, दुई वटा तीन तलाकै दुई वटा छात्रबास भवन र तीन तलाकै प्रशासनीक भवन निर्माणको काम भईरहेको छ ।

मेडिकल कलेल पुर्वाधार निर्माण विकास समितिले यसपाली थप १५ वटा संरचनाका लागि टेन्डरको तयारी पनि गरिरहेको छ । अरबौंका पुर्वाधार बनिरहेको योजनालाई कच्चा पदार्थ संकलनका लागि मेसिनको प्रयोग गर्न नदिईएपछि निर्माणमा ढिलाई हुने अस्ताल भवन निर्माण योजनाका सहायक प्रोजेक्ट म्यानेजर शिबकुमार कार्कीले बताए ।

निर्माण ब्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय कैलाली, जिल्ला समुन्वय समिति कैलाली र मेडिकल कलेज पुर्वाधार निर्माण विकास समितिलाई निकट भविष्यमै ढुंगा, बालुवा गिट्टीको अभाव हुने कुरा सुझाई सकेको छ ।

यसबारेमा आफुले प्रधानमन्त्री देखि भौतिक पुर्वाधार मन्त्री सम्म पनि निर्माण सामाग्रीको समस्याका बारेमा कुरा राखि सकेको मेडिकल कलेज पुर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए । मन्त्री परिषदले मेडिकल कलेजलाई राष्ट्रिय गौरवको योजनाका लागि एउटा निर्णय गर्ने वित्तिकै निर्माण ब्यवसायीले स्थानी खोलानालाबाट मेसिनको माध्यमबाट निर्माण सामाग्री संकलन गर्न पाउनेछन । त्यसैले गेटा मेडिकल कलेजलाई राष्ट्रिय गौरवको योजनाका लागि पहल गर्ने नेताको आवशयकता देखिएको छ । दिनेश अनलाईनबाट