शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न सामाजिक सद्भाव आवश्यक
धनगढी, २१ कात्तिक । यहि मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गर्न सामाजिक सद्भाव आश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
यूएनडिपीले आयोजना गरेको शान्तिपूर्ण निर्वाचन प्रवर्धनमा सरोकारवालहरुको भुमिका विषयक कार्यक्रममा सो कुरा बताइएको हो ।
कार्यक्रमका सहजकर्ता उमिद वाग्चन्दले संविधान निर्माण पश्चात स्थानीय तहको निर्वाचन पनि सम्पन्न भए यो तर संरचना प्रष्ट नभएको कारण देशमा पुनः द्धन्द्ध हुन सक्ने संकेट गर्दै अब हुने निर्वाचनलाई सफल बनाउन यूवाहरुको महत्वपूर्ण भुमिका रहेको बताए ।
उनले शान्तिपूर्ण रुपले निर्वाचन सम्पन्न गर्न यूवाहरुले सुनाई र बुझाई प्रष्ट हुनु पर्ने बताउदै सहि सुचना सञ्चार गर्न यूवाहरु आग्रह गरे ।
त्यसै गरी यूएनडिपिका कार्यक्रम संयोजक अर्जुन कुशुहवाले सामाजिक सद्भावको विषयमा प्रस्तुती गर्दै समाजमा विद्यामान विभेद, असमान्ता जस्ता कुराको न्यूनिकरण गरे सद्भाव आफैमा मजबुद हुने बताए । उनले समाजमा सद्भाव भए निर्वाचन पनि शान्तिपूर्ण हुने दाबी गरे ।
उनले यूवाहरुलाई शान्तिपूर्णरुपले निर्वाचन सम्पन्न गर्न जोखिमलाई पहिचान गर्न र जोखिमलाई सम्बोधन गर्ने कुरामा मध्यनजर गर्न समेत आग्रह गरे ।
कार्यक्रममा यूवा अभियन्ता ठाकुर प्रसाद करियाप्रधानले यूवा चौतारीमा राखेको मादल जस्तो प्रयोग भईरहेको अवस्थालाई परिवर्तन गर्न हातेमालोको आवश्यक रहेको बताए । उनले संविधानमा उल्लेखित कानुन बमोजिम राजनीतिक घोषण पत्र हुनुपर्ने अवस्था नभएर एकदमै फरक रहेकोले अब यूवाहरुले नेताहरुको घोषण पत्रमा प्रलोभित नभएर समुदायको परिवर्तनको लागि निस्वार्थ भावले लाग्न जरुरी रहेको बताए ।













