कर्णाली करिडोर अन्र्तगत बिद्युत लाइनका जग्गा अधिग्रहणको प्रक्रिया शुरु

कालिकोट कार्तिक ९ । कर्णाली करिडोर अन्र्तगत ४०० के.भी. प्रसारण लाइनको डिपिआर निर्माणका लागि नेपाल बिद्युत्त प्राधिकरणले कालिकोटको खाँडाचक्र नगरपालिका–११ को रेगिलघाटमा जग्गा अधिग्रहणको प्रक्रिया शुरु गरेको छ । ५ बर्ष भित्र निर्माण कार्य पुरा गरि सक्ने लक्ष्य सहित अगाडी बढाईको कर्णाली करिडोर बिद्युत प्रसारण लाइनको डिपिआरका लागि जग्गा अधिग्रहणको प्रक्रिया शुरु गरेको हो ।

कर्णाली करिडोर डिपिआरका लागि रेगिलघाटको करिब १६ हजार हेक्टर जमिन अधिग्रहण हुने र ४८ घरधुरी बिस्थापित हुनेछन् ।

बिद्युतको केन्द्रीय प्रसारण लाइन नपुगेको कर्णालीमा बिद्युत राष्ट्रिय प्रसारण लाइन पु¥याउने, कर्णाली बेसिनमा उत्पादन हुने बिद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि कैलालीको लम्कीदेखि कालिकोटको रेगिलघाटमा ४०० के.भी प्रसारण लाइनको डिपिआर निर्माण हुन लागेको विना विभागिय मन्त्री शाहीले बताए । ‘बिद्युत नपुगेको कर्णालीमा बिद्युतको राष्ट्रिय प्रसारण लाइन जोड्ने तयारीका साथ यो काम अगाडी बढाइएको छ ।’ उनले भने,–‘कर्णाली बेसिनमा उत्पादन हुने बिद्युत यसै ग्रिडमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी छ ।’

कर्णाली बेसिनमा उत्पादन हुने तिला–१ र २, फुकोट कर्णाली लगाएतका जलबिद्युत आयोजनाहरु यसै ४०० के.भी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको मन्त्री शाहीले बताए । ‘तिला–१ र २, फुकोट कर्णाली जलबिद्युत आयोजनाहरु बन्दैछन् ।’

उनले भने,–‘ति आयोजनाहरुबाट उत्पादन हुने बिद्युतलाई यसै प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्न तयारी भइरहेको छ ।’
तत्कालका लागि कर्णालीमा राष्ट्रिय प्रसारण लाइनको बिद्युत जोड्नका लागि दैलेखबाट ३३ के.भि प्रसारण लाइनलाई जोडेर कालिकोटको खाँडाचक्र नगरपालिका एउटा ग्रिड राखिने र रास्कोट नगरपालिकाका अर्को ग्रिड राख्ने तयारी पुरा भएको मन्त्री शाहीले बताए ।

‘तत्कालमा जलबिद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने बिद्युतका लागि दैलेखबाट ३३ के.भि. बिद्युत प्रसारण लाइन जोडिने छ ।’ उनले भने,–‘त्यसैमार्फत कालिकोटमा बिद्युतीकरण गर्ने तयारी गरिएको छ ।’