बुवाद्धारा छोराको हत्या गरी आत्महत्या
अत्तरीया १० कात्तिक । आफुले लिएको ऋण तिर्नका लागि छोरोलाई दुःख नहोस भनेर ८ वर्षको छोराको हत्या गरेर बुवाले आत्महत्या गरेका छन । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरिया बजार छेउका ४१ वर्षिय बिशेस्वर जोशीले ८ वर्षका छोरा आरब जोशीको हत्या गरी आफुले झुण्डीएर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । श्रीमती भाईटीकाका लागि विराटनगर स्थित माईतीघर गएका बेला बुधबार बेलुकीको खाना खाएर विशेश्वरले छोराको हत्या गरी आफुले आत्महत्या गरेका हुन ।
प्रहरीले उनको साथबाट सुसाईट नोट पनि फेला पारेको छ । सुसाईट नोटमा जोशीले, आफुलाई धेरै रिन परेको र तिर्न सक्ने अवस्था नभएकाले आत्महत्या गरेको उल्लेख गरेको जिल्ला प्रहरी कार्यालयका मुद्धा फाँटका प्रहरी निरिक्षक ईश्वरी प्रसाद पाण्डेले जानकारी दिनुभयो । आफुले लिएको ऋणले छोरोले भविश्यमा दुख नपाओस भनेर छोराको हत्या गरेको पनि सुसाईट नोटमा लेखिएको प्रहरी निरिक्षक पाण्डेले जानकारी दिनुभयो । सुसाईट नोटमा जोशीले आफ्नो श्रीमती अजिता जोशी साह्ै सहयोगी मिलनसार र राम्रो भएको उल्लेख गर्दै आफुलाई माफ गरिदिन लेखिएको पनि प्रहरीले जनाएको छ । एका विहानै उठेर घरको आँगन वरिपरि आउने आरब जोशीलाई नदेखेपछि छिमेकीले उनको घरमा तलासी गरेका थिए ।
घरको ढोका भीत्रबाट चुकुल लगाएको पाईएकाले विहीवार विहान प्रहरीले उनको घरको ढोका तोडेको थियो । प्रहरीले, पहिला बालकको सिरानीले नाकमुख च्यापेर हत्या गरेको र त्यसपछि बाहिरको कोठामा पलङमा प्लाष्टिकको स्टुलको सहाराले पंखामा झुण्डिएको अवस्थामा शव फेला परेको जनाएको छ । जोशीको घरमा बाउछोरा बाहेक कोही नभएको पनि प्रहरीले जनाएको छ । दुबै जनाको शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ । श्रीमती अजीता आएपछि मात्रै पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ ।













