सुदुरपश्चिमका पहाडी जिल्लाको यात्रा भगवान भरोसामा

धनगढी ८ कात्तिक । हिन्दु नेपालीहरुका ठुला चाडपर्व दशै र तिहार सकिएसंगै प्रदेश नम्वर ७ का पहाडी जिल्लाबाट कार्यथलो फर्कीनेहरुको पनि घुईचो लागेको छ । पहाडी जिल्लाका बसपार्कहरुमा यात्रुहरुलाई टिकट पाउनै मुस्कील भईरहेको छ भने टिकट पाएपनि जोखीमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता बनेको छ । सार्वजनीक सवारी साधनहरुले क्षमता भन्दा बढी यात्रु बोक्दा सुदुरपश्चिमका पहाडी जिल्लाका यात्रुहरुको यात्रा भगवान भरोसामा चलीरहेको छ ।

भौतीक पुर्वाधार तथा यातायात मन्त्री विर वहादुर बलायरले चाडपर्वको सयममा छतमा यात्रु र व्यवसायीक प्रयोजनका सामाग्री बोक्ने तथा क्षमता भन्दा बढि यात्रु हाल्नेलाई ठाउँको –ठाउँ कारवाही गर्ने बताए पनि सार्वजनीक सवारी साधानमा क्षमता भन्दा झण्डै दोव्वर यात्रु बोकीरहेका छन् तर मन्त्रीको ठाउँको ठाउँ कारवाही गर्ने सयन्त्र भने सुतेर बसेको छ । सार्वजनीक सवारीलाई अहिले कमाउने सिजन नै भएकाले दोव्वर यात्रु बोकेको कुरा स्वयम बसका चालक, सह चालकहरु स्वीकार्छन तर उनिहरुलाई कारवाही गर्ने आँट कसैको पनि भएको छैन् ।

पहिलेको जस्तो यात्रुहरु पनि बसका चालक, सह चालकहरुको मनोमानी सहजै स्वीकार्न तयार त हुदैनन तरपनि यात्रुहरुको चाप बढि भएकाले क्षमता भन्दा बढि यात्रु बोकेको सवारीसाधनमा यात्रा गर्नु उनिहरुका लागी बाध्यता बनेको हुन्छ । ठाँउ–ठाँउमा ट्राफीक प्रहरील गर्ने चेकजाँचका क्रममा यात्रुहरुले ओभरलोडका विषयमा गुनासो पनि गर्ने गर्छन तर ओभर लोड गाडिबाट रकम बुझ्ने गरेका उनीहरुलाई यात्रुको गुनासोको कुनै परवाह नै हुदैन ।

सरकारले क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई ठाउँको ठाउँमै कारबाही गर्न ट्राफीक प्रहरीलाई पटक–पटक निर्देशन दिएको छ । तर सवारी दुर्घटनाको मुख्य कारक तत्वमा पर्ने ओभरलोडलाई ट्राफीक प्रहरीले न्युनीकरण गर्नुको साटो रकम लिएर बढवा दिईरहेको यात्रुहरुले गुनासो गरेका छन् । ३६ सिट क्षमताको बसमा ६० जना यात्रुहरुलाई कोचाकोच गरी बसाउँदा समेत ट्राफीक प्रहरी भने सार्वजनीक सवारीबाट रकम खाएर आखा चिम्लीदिने गरेको डोटीको विपीनगरबाट धनगढी आउनुभएका ध्व्र साहुले बताउनुभयो ।

भिमदत्त पन्त राजमार्ग अन्तरगत मात्रै ट्राफीक प्रहरीको धेरै ठाँएमा चेक पोष्ट छ । सार्वजनीक सवारी ट्राफीक नियम अनुसार चलीरहेको छ वा छैन भन्ने जाच्नका लागी बसेको ट्राफीक प्रहरीले ठाँउ ठाँउमा बस पनि रोक्ने गरेको छ । तर त्यसको मुल उद्देश्य कुनै बहाना झिकेर रकम मात्रै असुल्ने देखिएको छ ।

शहरी क्षेत्र बाहेक सवारी साधन दर्ता गर्दा उल्लेख भएको संख्याभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई कारबाही गर्ने अधिकार ट्राफीक प्रहरीसंग छ । छतमा यात्रु बोक्ने र व्यवसायीक सामान बोक्ने सवारीलाई पनि कारवाही गर्ने अधिकार ट्राफीकसंग छ । पछिल्लो तथ्यांक हेर्दा दसैं तिहारको एक महिना अवधिमा देशभर दुर्घटना संख्या बढ्दै गएको देखिन्छ । दुर्घटनाको कारणमा क्षमता भन्दा बढि यात्रुलाई पनि मुख्य मानीएको छ । दिनेश एफएमबाट