पलाताको पहिचानका लागि साँस्कृतिक महोत्सव गरिने
कालिकोट २ कात्तिक । जिल्लाको पलाता गाउँपालिकाको पहिचानका लागि बृहत प्रथम पलाता सास्कृतिक महोत्सव आयोजना गरिने भएको छ । पलाता गाउँपालिकाको लोक संस्कृतिको संरक्षण एवंम् समग्र पलाता क्षेत्रको पहिचानका लागि कार्तिक १३ गतेदेखि १८ गतेसम्म मिरा स्मृति कप, निःशुल्क स्वास्थ्य शिविर तथा प्रथम पलाता सास्कृतिक महोत्सव आयोजना गर्न लागिएको हो ।
सहिद स्मृति कला साहित्य प्रतिष्ठान, पलाता गाउम्पालिका, पलाँता योङ्ग स्पोटर्स क्लव र न्यू जेनेरेशन युथ क्लवको सयुक्त आयोजनामा युद्धको समयमा ज्यान गुमाएकी सहित पाँचा बम(मिरा)को सम्झनामा मिरा स्मृति कप, निशुल्क स्वास्थ्य शिविर तथा प्रथम पलाँता सास्कृतिक महोत्सव आयोजना गरिएको पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताए । ‘सहिदको सम्झनामा मिरा स्मृति कप, महिला पुरुष भलिबल प्रतियोगिता, कुर्ची खेल, बिभिन्न क्षेत्रका पाँच जना बिशेषज्ञ डाक्टरहरु बोलाएर निःशुल्क स्वास्थ्य शिविर तथा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको सहभागितामा पलाताकै ईतिहासमा पहिलो पटक बृहत साँस्कृतिक महोत्सव गर्न लागिए हो ।’
सहिद स्मृति कला साहित्य प्रतिष्ठानका सदस्य पुर्णसिंह बमको अध्यक्षता तथा पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बमको प्रमूख आतिथ्यतामा बिहिबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी प्रथम पलाँता सास्कृतिक महोत्सवको तयारीका बारेमा सार्बजानिक गरिएको छ ।













