तिन वटा गाउँपालिका विकास सँगै मिलेर जाने

कालिकोट २ कार्तिक । पर्यटन, कृषि, सडक र बिद्युत लगाएतका विकासे योजनामा प्रदेश नंं. ७ को रामारोसन गाउँपालिका र प्रदेश नं. ६ कालिकोटका सान्नी त्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिका समझदारी गरेका छन् । विकास हिसावले पछाडी परेको तिन वटै गाउँपालिकाको समस्या एउटै किसिमको भएको भन्दै आपसमा मिलेर विकासे योजनामा सँगै जाने समझदारी गरेका हुन् ।
पर्यटकिय स्थल रामारोसन तालमा तिन वटै गाउँपालिका जनप्रतिनीधि बसेर विकासे योजना तथा जल, जंगल, जडिबुटी, पर्यटन, सडक र बिद्युतमा मिलेर काम गर्ने समझदारी गरेका हुन् ।
कालिकोट नरहरीनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका र अछामको रामारोसन गाउँपालिका बीच वन, जंगल, सस्कृति एक साथ रहेको विकास हिसाबले पनि पछाडी परेका कारणले तिन वटै गाउँपालिका मिलेर विकासका लागि साझेदारी गर्ने समझदारी भएको अछाम रामारोसन गाउँपालिकाका अध्यक्ष झंकर साउँदले बताए । ‘हाम्रो कला सस्कृति लगाएतका सबै बिषयमा तिन वटा गाउँपालिका एउटै किसिमको रहेको छ ।’ उनले भने,–‘त्यसैले विकास बिषयमा सँगै साझेदारी गर्ने निर्णय भएको छ ।’
दुबै प्रदेशका साझा समस्या रहेको त्यसलाई हल गर्न सहकार्य, संमन्वय, सरोरकारवाला निकायसँग आफुहरुले साझा मुद्दाहरु लिएर जानका लागि आफुहरुले तिनै गाउँपालिकाको बिषयमा समझदारी गरेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । ‘हामीले साझा मुद्दा लिएर विकासमा साझेदारी गर्ने निर्णय भएको छ ।’ उनले भने,–‘त्यसैले हामीले एउटै अवधारणा बनाएर विकास बिषयमा साझेदारी गर्ने छौं ।’
तिनै वटै गाउँपालिकाको वन क्षेत्र एउटै रहेको र त्यसको संरक्षण विना गाउँपालिका समृद्धि पनि नहुने भएकाले आफुले वनक्षेत्र संरक्षणमा पनि सँगै काम गरेर जाने समझादारी बनेको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष शाहीले बताए । ‘विश्वमा कुनै बेला तेलका बिषयमा लडाई थियो । अब पानी बिषयमा लडाई हुनेवाला छ ।’ उनले भने,–‘पानीका मुहान बचाउन पनि वनक्षेत्रको संरक्षण गरिने छ ।’
अव आर्थिक विकासका लागि पर्यटन क्षेत्र पनि रहेकोले तिन वटै गाउँपालिका जोड्ने पर्यटन सडक निर्माण गरेर पर्यटन क्षेत्रको विकास गर्ने त्यसका लागि तिन वटै गाउँपालिका मिलेर जाने नरहरीनाथ गाउँपालिकाका प्रबक्ता गगनबहादुर फडेराले बताए । ‘तिन वटै गाउँपालिका मिलेर पर्यटन क्षेत्रको विकासका लागि पर्यटन सडक निर्माण गरिनेछ ।’ उनले भने,–‘त्यसका लागि साझा रुपमा पहल गरिनेछ ।’

 

तिहारका लागी मजबुत सुरक्षा ब्यवस्था
शंकर बोहरा
नेपालीहरुको दोस्रो महान चाड तिहार ढुक्कसंग मनाउन कैलाली प्रहरीले आग्रह गरेको छ । तिहारलाई लक्षितगरि जिल्लामा शान्ति सुरक्षाको व्यवस्थालाई मजबुद बनाईएकाले ढुक्कसगले तिहार मनाउन कैलाली प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको हो । भिजियोल रोल तिहारमा हुनसक्ने अपराधिक गतिविधि नियन्त्रणका लागि टाईगर टोली परिचालन गर्नुका साथै सरप्राईज चेकिङको समेत व्यवस्था गरिएको प्रहरीले दावी गरेको छ । विषेश सुरक्षा योजना लागु गरेका कारण दशैमा छिटपुट बाहेक अन्य ठुला घटना नभएको दावी गरेको कैलाली प्रहरीले तिहारमा सुरक्षालाई थप मजबुद बनाएको हो । तिहारको समयमा हुनसक्ने अपराधिक गतिविधि नियन्त्रणका लागि विषेश सुरक्षा योजना लागु गरिएकाले ढुक्कसग तिहार मनाउन जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक विर बहादुर बुढा मगरले सवैलाई आश्वसन दिएका छन् । वाईट तिहारलाई मध्यनगर गर्दै प्रहरीले नियममित गस्तिीका अलवा टाईगर टोली, मोवाईल टोली, साईकल टोली, पैदल गस्तीको समेत व्यवस्था गरेको जनाएको छ । सकेसम्म घटना हुनै नदिन र यदि घटना भएको स्थानमा लगत्तै प्रहरीलाई उपस्थित गराउनका लागि यि विभिन्न टोली परिचालन गरिएको प्रहरी नायव उपरिक्षक विर बहादुर बुढा मगरले बताए । यसका साथै एम्बुस चेकिङ, सरप्राईज चेकिङ र सयुक्त चेकिङको व्यवस्था पनि व्यवस्था मिलाईएको उनले बताए । वाईट यता, वडा प्रहरी कार्यालय धनगढीको टोलीले पनि नगर क्षेत्रमा तिहारको समयमा २४ सै घण्टा गस्ती गर्ने जनाएको छ । नगर क्षेत्रमा तिहारको समयमा हुनसक्ने घटनालाई मध्यनगर गर्दै सम्पूर्ण जनशक्ति परिचालन गरिएको वडा प्रहरी कार्यालयले जनाएको छ ।