आँखा चेक गर्ने ४६ प्रतिशत भारतीय नागरिक

कैलाली, ३१ असोज । आँखाको विभिन्न समस्याले उपचारका लागि गेटा आँखा अस्पताल आउने ४६ प्रतिशत नागरिक भारतीय रहेको गेटा आँखा अस्पतालको बाह्य कार्यक्रम व्यवस्थापक केन्द्रले जानकारी दिएको छ ।

गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेस चन्द्र भट्टले गेटा आँखा अस्पतालमा आउने सेवा ग्राही मध्ये अधिकाशं सेवा ग्राही भारतीय नागरिक रहेको जनाए । गेटा आँखा अस्पतालमा गत आर्थिक वर्ष २०७३÷०७४ मा १ लाख २ हजार ३ सय ३५ जना आँखाका विरामीले गेटा आँखा अस्पताल बाट सेवा लिएकोमा ४६ हजार ५० जना भारतीय नागरिक रहेको व्यवस्थापक भट्टले जानकारी दिए ।

आँखा अस्पतालमा कैलाली कञ्चनपुर लगाएत सूदुपश्चिमका पहाडी जिल्ला तथा भारतको उत्तर प्रदेश स्थित नैनी ताल, लखनउ, पिलिभित, पलिया लगायतका स्थानबाट सेवाग्राही उपचारका लागि आउने गरेको अस्पतालले जानकारी दिएको छ ।

गेटा आँखा अस्पतालले प्रदेश नम्बर ७ का विभिन्न स्थानमा निशुल्क आँखा शिविर समेत सञ्चालन गर्दै आएको छ । गत आर्थिक वर्षमा सञ्चालित २८ आँखा शिविर बाट १० हजार ५ सय ५७ मानिसले निशुल्क सेवा लिएको व्यवस्थापक भट्टले बताए । शिविरबाट २ हजार ३० जना मानिसको निशुल्क आँखा अप्रेसन समेत गरिएको उनले बताए । बाइट गेटा आँखा अस्पतालले संचालन गरेका निशुल्क शिविरबाट सवै भन्दा बढी मोतिया बिन्दुका विरामीले सेवा लिएका छन् ।