वन पैदावरका घटना बढ्दै
धनगढी, ३० असोज । कैलाली जिल्लामा वनपैदावर तथा चोरी निकासीका घटनाहरुमा वृद्धि भएको जिल्ला वन कार्यालय कैलालीले जनाएको छ ।
कैलाली जिल्लामा आर्थिक बर्ष २०७२÷७३ मा ११ वटा वन पैदावर सम्बन्धी मुद्धा परेकोमा आर्थिक बर्ष २०७३/७४ मा त्यो संख्या बढेर १५ वटा पुगेको जिल्ला वन कार्यालय कैलाली नायब सुब्बा झपिराज भट्टले बताए ।
उनले गत बर्ष मात्र कैलाली जिल्लामा १२ वटा काठचोरीका मुद्धा, १ वटा वन अतित्रंmमण र ३ वटा बन्य जन्तु तस्करी सम्बन्धी मुद्धा वन कार्यालयमा परेको भट्टले बताए । उनले चालु आर्थिक बर्षको हाल सम्म कुनै पनि मुद्धा नपरेको जानकारी दिए । त्यस्तै जिल्ला वन कार्यालय कैलालीमा फैसला हुन नसकेका ३४ वटा मुद्धा जिल्ला अदालत कैलालीमा सरेको भट्टको भनाई छ ।
वन संरक्षण ऐन २०७३ चैत १७ गते नयाँ संसोधन ऐनले ५ हजार भन्दा बढी विगो जरीवाना तथा ५ बर्ष देखि १५ बर्ष सम्म कैद हुने मुद्धा मात्र अदालतले हेर्ने गरेको भट्टले बताए ।
गत आर्थिक बर्ष २०७३/७४ मा ३१ वटा काठछोरी तस्करी, १ वटा जडीवुटी र २ वटा बन्यजन्तुको छाला तस्करीमा संग्लन लाई अदालतमा वुझाईको छ । वन संरक्षित ऐन अन्तरर्गत कसैलाई मुद्धा लागेको अवस्थामा ५ देखि १० लाख जरिवाना तथा ५ देखि १५ बर्ष सम्म कैद वा दुवै सहजाय हुने ब्यवस्था रहेको भट्टको भनाई छ ।
जिल्ला वन कार्यालय कैलालीले गत आर्थिक बर्षमा जिल्लाका विभिन्न स्थानबाट ७६.२५ क्युपिट काठ समेत बरामत गरेको जनाएको छ ।













