एक बर्षमा ३८ प्रहरी कारबाहिमा
कैलाली, ३० असोज । जिल्ला प्रहरीे कार्यालय कैलालीले गत बर्ष प्रहरी आचार संहिता विपरित काम गर्ने दुई जना असई सहित ३८ जना प्रहरीलाई कारवाही गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७३/७४ मा दुई जना असई सहित ३८ जना प्रहरीलाई कारवाही गरिनुका साथै दुई जना प्रहरीलाई बर्खास्त गरिएको हो ।
बिभिन्न आचरण बिपरीत काम गर्ने प्रहरी कर्मचारीहरुलाई सजाय स्वरुप कारवाही र वर्खास्त गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक विर बहादुर बुढा मगरले बताए । उनले जिल्ला प्रहरी कार्यालय कैलालीले गत आर्थिक बर्षमा प्रहरी उपरिक्षक सहित ७५ जना प्रहरी कर्मचारीहरुलाई सम्मान तथा पुरुस्कृत गरेको बताए ।
यस्तै, चालु आर्थिक वर्षको ३ महिनामा भने सम्मानित तथा पुरुस्कृत हुने भन्दा कारवाहीमा पर्ने प्रहरीको सख्या बढी रहेको छ । चालु आर्थिक वर्षको हालसम्ममा एकजना असई गरी जम्मा दुई जनालाई पुरुस्कृत गरिएको छ भने एक जना असई सहित ७ जना प्रहरी कारवाहीमा परेको प्रहरी नायव उपरिक्षक बुढा मगरले बताए ।
उन दिइएको जिम्मेवारी उत्कृष्ट ढङ्गले निर्वाह गर्ने र कार्य सम्पादन गर्दा एकदम उत्कृष्ट ढङ्गले सम्पादन गरे बापत प्रहरी कर्मचारीहरुलाई पुरुस्कृत तथा सम्मानीत हुने प्रहरी लाई बढुवाका लागि सहज हुने बताए ।
आचरण बिपरीत काम गर्ने, अनुसासन पालना नगर्ने, ड्युटि राम्ररी ननिभाउने, ड्युटिमा खटिदा अमानबिय ब्यवहार गर्नेहरु प्रहर कर्मचारीलाई कार्वाही गर्ने गरिएको छ ।













