छाडा पशु व्यवस्थापनका लागि ३ वर्षे कार्य योजना सार्वजनिक
कैलाली, असोज । कैलाली र कञ्चनपुरका ११ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुखको सहभागितामा क्षेत्रीय पुश सेवा निर्देशनालय दीपायलले आइतबार धनगढीमा सामुदायिक छाडा पशु व्यवस्थापनका लागि ३ वर्षे कार्य योजना सार्वजनिक गरेको छ ।

छाडा पशु चौपाया नियन्त्रणका लापिग देशमै पहिलो पटक ७ नम्बर प्रदेशमा ३ वर्षे कार्य योजना सार्वजनिक गरिएको दावी गरिएको छ । निर्देशनालयका निर्देशक कृष्णकान्त न्यौपानेले सामुदायिक छाडा पशु व्यवस्थापनका लागि पशुको तथ्याङक सकलन, व्यवस्थापन, विमाको व्यवस्था, आवश्यक पूर्वाधारको व्यवस्था, आहारा र स्वाथ्यको व्यवस्थापन हुनुपर्ने बताए ।
यस्तै, सामुदायिक छाडा पशुमा उत्पादनशित प्रर्वधन कार्यक्रम र एक गाई एक माई कार्यक्रम समेत सञ्चालन गर्नुपर्ने उनको भनाई छ । कृषि पेशामा बढदो यान्त्रिकरण, युवा जनशक्ति विदेश पलायन हुनु लगायतका कारण जटिल बन्दै गईरहेका बेला निर्देशनालयले सार्वजनिक गरेको कार्ययोजना कोशे ढुङगा सावित हुने उनको दाबी छ ।
यस योजनालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि मन्त्रालयले सम्पूण सहयोग गर्ने बताउदै पशुपन्छी मन्त्रालयका सचिव डाक्टर युवक ध्वज जिसि ११ वटै स्थानीय तहका प्रतिनिधिले पनि कार्यान्वयनमा सहयोग गर्नुपर्ने जोड दिए ।
छाडा पशु चौपायाको समस्या प्रमुख रहेका कैलालीको धनगढी उपमहानगरपालिका, अत्तरिया, गौरीगंगा, घोडाघोडी, लम्की–चुहा र टीकापुर नगरपालिका तथा कञ्चनपुरका भीमदत्तनगर, शुक्लाफाँटा, महाकाली, कृष्णपुर र झलारी–पिपलाडी नगरपालिकामा सम्बन्धित स्थानीय तहको सहयोगमा व्यवस्थापन गर्ने प्रस्ताव क्षेत्रीय पशु सेवा कार्यालयले गरेको छ ।
तीन वर्षसम्म चौपायाको व्यवस्थापनका लागि ७ करोड ४० लाख ५० हजार रुपैया खर्च हुने आँकलन क्षेत्रीय पशु सेवा कार्यालयले गरेको छ । उक्त रकममध्ये ३ करोड नेपाल सरकार र बाँकी रकम सम्बन्धित स्थानीय तहहरुले व्यहोर्नुपर्ने प्रस्ताव गरिएको छ ।
यसमा ११ वटै स्थानीय तहका जनप्रतिनिधिले पनि सहमति जनाएका छन । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वड र गोदावरी नगरपालिकाका प्रमुख हरिसिह साउदका अनुसार निर्देशनालयले गरेका् प्रारम्भीकसर्वेक्षण अनुसार कैलाली कञ्चनपुरका ११ वटा स्थानीय तहमा मात्रै ३ हजार भन्दा बढी छाडा पशु रहेको बताए ।
उनले करिव ३ हजारको हाराहारीमा रहेको पशुले दुुर्घटना बढनुका साथै शहरको सौन्दर्यता कुरुप बन्नुका साथै कृषकको अन्नवाली समेत नष्ट हुने गरेको बताए ।
क्षेत्रीय पुश सेवा निर्देशनालय दीपायलले सार्वजनिक गरेको ३ वर्षे कार्य योजना सफलतापूर्वक कार्यान्वयन भई सम्पन्न भएमा छाडा पशु चौपाया व्यवस्थापनको क्षेत्रमा कोषे ढुङगा सावित हुने दावी गरिएको छ ।













