४ लाखमा स्काई कोल्डर पुल
कञ्चनपुर, असोज । कञ्चनपुरको कृष्णपुर नगरपालिका देखि धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुर जोड्ने मोहना नदीमा पक्की पुल नभएपछि ४ लाखको लागतमा स्काई कोल्डर पुल निर्माण गरिएको छ ।
मोहना नदिमा पक्की पुल निर्माणका लागि ३ वर्ष पहिले सडक डिभिजन कार्यालय महेन्द्रनगर र निर्माण व्यवसायी चन्द्रशेखर मल्ल विच सम्झौता भएपनि पुल सम्पन्न नहुदाँ आवतजावतमा समस्या हुँदा स्काई कोल्डर पुल निर्माण गरिएको हो । पुल निर्माण भएपछि रातीको समयमा पनि विरामीलाई सहजै धनगढी ल्याउन सकिने अवस्था भएको कंचनपुर कृष्णपुरका गुरु प्रसाद चौधरीले बताए ।
पुल निर्माण भएसंगै कृषक, विद्यार्थी र अन्य सर्व साधारणलाई सहज भएको चौधरीले बताए । पुल निर्माण भएपछि अटो ब्यवसायीलाई समेत सहज भएको छ । स्काई कोल्डर पुलमा अटो रिक्सा समेत सहजै आरपार गर्ने मिल्ने भएपछि धनगढीमा कोठा भाडामा लिएर अटो रिक्सा राख्नु पर्ने बाध्यताको अन्तय भएको अटो चालक चन्द बहादुर चौधरीले बताए ।
उनले रातीको समयमा समेत अटो लिएर नदिवारी पारी गर्न सहज भएको बताए । पुलमा आवातजावत गरे बापत खालीमानिसको ५ रुपैया, साइकलबाट १० रुपैया, मोटसाईकलाबाट १५ रुपैया र अटोबाट २५ रुपैया लिने गरेको स्काई कोल्डर पुलका कर्मचारी दिपेन्द्र चौधरीले बताए । उनले पुलबाट दैनिक ५ सय मानिसले आवतजावत गर्ने गरेको बताए ।
मोहना नदिमा पुल निर्माण गरेबापत कृष्णपुर नगरपालिकालाई बार्षिक १० हजार रुपैया कर तिर्न सम्झौता समेत गरेको चौधरीले बताए ।













