थारु समूदायको डश्या (बडादशैँ )

नेपालीको महान चाड दशैँ सबैको घरघरमा भित्रीसकेको छ । सबै जातजातीले यो पर्वलाई १५ दिन सम्म धुमधामका साथ मनाउने गर्दछन् । यस लामो चाडलाई थारु जातीले भने “डश्या ” भनी आफनै परम्परा अनुशार मनाउने गर्दछन् । डश्या अर्थात बडा दशैँ आगमन हुनु पुर्व थारु महिलाहरु घर लीपपोत गरी सफा सुग्घर पारेका हुन्छन् । डश्या मकै र जौँ को जमरा राखेकै दिन देखी आरम्भ हुन्छ ।
थारु समूदायले प्रयोग गर्ने मकैको जमरा
तर वास्तविक डश्या भने ढिक्रह्वा अर्थात अष्टमी तिथी देखी सुरु हुन्छ । पञ्चमी वा षष्ठीका दिनदेखि प्रत्यक घरका घरमूलीहरु एक करै मद्म (गुँड) ,एक झुप्पा मकै , एउटा गुन्द्री लिएर आफनो घरगु¥वाको घर बानधुप लिन जान्छन् र आफनो गृहदेवस्थलमा टाँगिएको झोलामा जतनसाथ राख्छन् । त्यसपछि घरका देवीदेवताहरुलाई चढाउन यहि अक्षताको प्रयोग गरीन्छ ।
थारु समूदायमा प्रत्यक बर्ष गृहदेवस्थलमा स्थापित घोडा जस्तै देवतालाई पुनःस्थापित गर्नुपर्छ जसका लागि घरमूलीहरु कुमाल समूदायले बनाएको किनेर ल्याउने गर्दछन् । सप्तमीको दिन देवीदेवताहरुलाई चढाउने ढिक्री वाष्पीकरण गर्न पैनसटोपी (मूँज बाट बनेको हस्त निर्मीत बस्तु) नजिकैको खोलामा गई धुन्छन् । अष्टमकिो तिथीलाई थारुहरु ढिक्रह्वाको दिन भन्दछन् यो दिन देवीदेवताहका लागि सात प्रकारको ढिक्री बनाउनु पर्दछ । गुले¥वा ढिक्री (बिचमा फुकेको गोलो आकारको ),लठ्ठी ढिक्री,ब्वाझा ढिक्री (पाँच वटा लठ्ठी आकारको ढिक्रीलाई दुई ठाउँमा डोरीले बाधेको जस्तो आकार ) जस्ता सात प्रकारका ढिक्री दशैँमा बनाउने गरीन्छ ।
दशैँमा बनाईने ढिक्रीको परीकार
रात परेपछि घरमूली नुहाएर गृहदेवस्थलका सबै देवीदेवताहरु मैयाँ ,खेख्री,लागुवास,गुर्वावा,घोडाका रुपमा रहेको देवताहरुलाई नुहाईदिन्छन् । पुरानो चढाएको माटाको घोडालाई नयाँ पार्न घोडाको ठाउँमा नयाँ घोडा राखिन्छ । देविदेवताहरु पाटामा (देवता राख्ने ठाउँ ) स्थापित हुन्छन् । घरमूलीले नयाँ बह्रानी (फलपाती ) र बेलको सानो हाँगा ल्याएर आफनो घरको उत्तर तर्फको कुनामा राख्दछन् । डिउह्रार (देवस्थल ) मा शास्त्रीय ताल अनुशार झ्वा झुईएक, झ्वा झुईएक , झ्वा झुईएक , झ्वा झुईएक मादल बज्न थाल्छ । घरमूलीले पातमा सबै प्रकारका ढिक्री राख्दै माथी बाट पातले ढाक्दै सबै पाटाका देवातालाई चढाउँछन् । साथसाथै बेब्री ( थारु जातीले देवीदेवतालाई चढाउने एक प्रकारको फुल ) चढाउँछन् । मद्म (रक्सी ) वानधुप चढाउँछन् । थारु लोक बिश्वास अनुशार आजको रात पितृहरु प्रशाद खान आत्माको रुप लीएर आउँछन् । आजको रात थारु नर्तक नर्तकीहरु अहोरात्र सख्या पैँया नाच्दछन् । यो नाचँलाई सामान्य नृत्यका रुपमा हेरीनु हुदैन भन्छन् थारु सस्ंकृतीबिद्धहरु । देवीदेवताहरुको नाम लिदै गाईने भएकाले देवीदेवताको नाम सिकाईदिन देशबन्द्या गु¥वा नृत्यस्थलमा रहन्छन् । यो सख्या पैँया गाउँको मटाँवाको घरको आगँनमा नाच्दछन् । बास्तवमा संख्या र पैँया नृत्यको उद्भवको बारेमा पौराणिक आख्यान छ । भारतको अयोध्या अर्थात वज्र प्रदेश बाट उदय भएको सख्या र पैँया नै लोपान्मूख हुन् तर नेपालका डङ्गौरा थारुहरुमा प्रचलनमा रहनु अनुसन्ध्यय छ भन्नु हुन्छ थारु लोक सस्ंकृतीबिद अशोक थारु ।
सख्या नाच नाच्दै थारु नर्तक नर्तकीहरु
नवमीको ब्रह्ममुहुर्तमा दिन घरमूलीले कोह्राको (कुभिण्डो ) भेंडा बनाउछन् । काठको छेस्कोले सिंह ,मूख , चार वटा खुट्टा बनाउछन् । थारु लोक सस्ंकृती अनुशार मानव बलीको रुप कुभिण्डो बलीमा आएको हो यसलाई सकारात्मक रुपमा लनिे गरीन्छ । बली दिईसकेपछि त्यसलाई मूलद्धारको सिधैँ माथी छानामा फालिन्छ ।
पूजा गर्दै घर गुरुवा
नवमी तिथी को बिहान घरकी कन्याले बायाँ हातमा कलश लिएर कलशको पानी चुहाउदै देवता राखेको ठाउँमा जान्छिन् । देवताको अगाडि नया बढानी राख्छिन् । मध (रक्सी ) चढाईन्छ । पूनः घरमूली नुहाएर घर बाहिरका देवताहरुलाई भालेको भोग दिई सबै देवताहरुलाई जमरा बेब्री चढाईन्छ । पितृहरुलाई श्राद्ध “पिट्टर डेना ” दिईन्छ । श्राद्धमा चढाईएको भात तरकारी छोरा नातीले मात्र खान हुने थारु गुरुवाहरु बताउछन् । श्राद्धमा माछा,सिल्टुङ्ग र पवैँको साग चिचिण्डो आदि बेजोडा तरकारी हुन्छ । नवमीको दिनलाई गवल्या टिकाको दिन पनि भन्ने गरीन्छ । जुन दिन घरघर बाट गरढु¥याहरु करैमा (रक्सी राख्न प्रयोग गरीने माटाको भाँडा) रक्सी , जमरा बेब्री लीएर मटाँवाको घरमा जम्मा हुन्छन् । सबै जना जम्मा भएर मटाँवा लाई बेब्रीको माला , जमरा लगाईदिन्छन् । सोहि अबसरमा “ डौँ फट्रौं नक घुम, डौँ फट्रौं नक घुम,” को तालमा मादलेहरु मादल बजाउछन् भने कोहि थारु महाभारत ( वर्कीमार ) गाउदै ग्रामीणदेवस्थल जान्छन् । वर्कीमारको केहि अंश –
बेबुरी बिना एक हम का चढावै,विना बुद्धी टुम्हारे पाउ
ढनपटी सरसोटी टोर हिरड वैस री डेहो
भगमोटी शरन लेहनुँ टोर नाम,डबी ढरम डबी बन्डन बा
अर्थात–वेवुरी फुल नचढाएर म अल्पवुद्धिवालाले तिमीलाई चढाउँ धनकी र विद्माकी देवी ? जे होस् तिमी मेरो हृदयमा बास गरीदेउ । हे भगवती ! म तिम्रो शरणमा रहन पाउँ । म तिम्रो धर्मको ,नामको बन्धनमा बाधिँन चाहन्छु । दशैँ सदभाव , भाईचारा र खानपिनको पर्व भएकाले जमरा र वेव्री आदानप्रदान पछि मटावाँको घरमा गई , माछा, माशु, ढिक्री, जाँड खान दिएर मटाँँवाकी पत्नीले स्वागत गर्छिन् । आज को दिन नवविवाहित दुलाहाहरु गुन्द्रि, कुखुरा,रक्सी लीएर आफनो ससुराली टिका थाप्न जान्छन जसलाई थारुहरु “जिउरा लगाए जैना” भन्छन् ।
दशमी तिथी ,थारुहरु यो दिन लाई राजाको टिका को दिन भन्दछन् । आज थारु समूदाय भित्र रहेका प्रतिष्ठित ब्यक्ति , डेशबन्ढया (गाउँको मटावाँ मूख्य मान्छे ),घरगु¥वा (घरको धार्मीक कार्य गरिदिने ब्यक्ति ) कहा टिका लगाएर आफन्तकहाँ टिका थाप्न जाने दिन हो ।
मटाँवाको (गाँउको मूख्य मान्छे )घरमा टिका थाप्दै थारु नर्तकिहरु दशमी डश्याको अन्तिम दिन भएकाले अन्य बिधीबिधानको समापन भएपनि सख्या पैँया नृत्य चलिरहन्छ । केहि बर्ष पहिले सम्म एक महिना सम्म नाचिने यो नृत्य अचेल हराउदै गएको देखिन्छ । कारण थारुहरुमा आफनो लोक नृत्य गीत प्रती बितृष्णा जाग्नु हो भन्छन् थारु अगुवाहरु ।













