पशु व्यवस्थापनका लागि ३ वर्षे योजना बन्दै

कैलाली, असोज । सुदूरपश्चिम क्षेत्रिय पुश सेवा निर्देशनालयले कैलाली र कञ्चनपुरमा मुख्य समस्याको रुपमा देखिएको छाडा पशु व्यवस्थापनका लागि ३ वर्षे कार्य योजना सार्वजनिक गरेको छ ।

सो कार्यायोजनाले कैलाली र कञ्चनपुरका ११ वटा स्थानीय तहमा देखिएको छाडा पशुको समस्या समाधान गर्नुका साथै त्यसबाट व्यावसायिक लाभ प्राप्त हुनेछ । सामुदायिक छाडा पशुको उचित व्यवस्थापन गरी तिनिहरुको उत्पादनशिलता वृद्धि गर्ने लक्ष्य साथ नयाँ योजना बनेको हो ।

निर्देशनालयको योजनालाई सवै स्थानीय तहले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कैलाली र कञ्चनपुरका ११ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखखको सहभागितामा क्षेत्रीय पुश सेवा निर्देशनालय दीपायलले धनगढीमा सामुदायिक छाडा पशु व्यवस्थापनका लागि ३ वर्षे कार्य योजना सार्वजनिक गरेको हो ।

छाडा पशु चौपाया नियन्त्रणका लापिग देशमै पहिलो पटक ७ नम्बर प्रदेशमा ३ वर्षे कार्य योजना सार्वजनिक गरिएको क्षेत्रिय पशु निर्देशक कृष्णकान्त न्यौपानले बताए । उनले ३ बर्षमा छाडापशुचौपायाके नश्लसुभार गरी प्रदेश नम्बर ७ का किसान लाई उन्नत जातका गाई वितरण गरिने बताए ।

सामुदायिक छाडा पशु व्यवस्थापनका लागि पशुको तथ्याङक सकलन, व्यवस्थापन, विमाको व्यवस्था, आवश्यक पूर्वाधारको व्यवस्था, आहारा र स्वाथ्यको व्यवस्थापन गरिने छ । सामुदायिक छाडा पशुमा उत्पादनशित प्रर्वधन कार्यक्रम र एक गाई एक माई कार्यक्रम समेत सञ्चालन गरिने छ ।

कृषि पेशामा बढदो यान्त्रिकरण, युवा जनशक्ति विदेश पलायन हुनु लगायतका कारण जटिल बन्दै गईरहेका बेला निर्देशनालयले सार्वजनिक गरेको कार्ययोजना कोशे ढुङगा सावित हुने पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर युवक ध्वज जिसिले बताए ।
यस योजनालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि मन्त्रालयले सम्पूण सहयोग गर्ने प्रतिब्धता ब्यक्त गर्दै सचिव जिसिले ११ वटै स्थानीय तहका जनप्रतिनिधिले पनि कार्यान्वयनमा सहयोग गर्नुपर्ने बताए ।

छाडा पशु चौपायाको समस्या प्रमुख रहेका कैलालीको धनगढी उपमहानगरपालिका, अत्तरिया, गौरीगंगा, घोडाघोडी, लम्की–चुहा र टीकापुर नगरपालिका तथा कञ्चनपुरका भीमदत्तनगर, शुक्लाफाँटा, महाकाली, कृष्णपुर र झलारी–पिपलाडी नगरपालिकामा सम्बन्धित स्थानीय तहको सहयोगमा व्यवस्थापन गर्ने प्रस्ताव क्षेत्रीय पशु सेवा कार्यालयले गरेको छ ।

त्यसका लागि ३ वर्षमा सम्बन्धित नगरपालिका र क्षेत्रीय पुश निर्देशनालयले खर्च गर्नुपर्ने रकम पनि छुटयाईएको छ । यसमा ११ वटै स्थानीय तहका जनप्रतिनिधिले पनि सहमति जनाएका छन ।

२ निर्देशनालयले गरेका् प्रारम्भीकसर्वेक्षण अनुसार कैलाली कञ्चनपुरका ११ वटा स्थानीय तहमा मात्रै ३ हजार भन्दा बढी छाडा पशु रहेका छन । करिव ३ हजारको हाराहारीमा रहेको पशुले दुुर्घटना बढनुका साथै शहरको सौन्दर्यता कुरुप बन्दै गएको छ भने कृषकको अन्नवाली समेत नष्ट गरिदिने गरेको जनगुनासो छ ।