प्रहरी हाम्रो टोलमा कार्यक्रम शुरु

धनगढी, असोज । समाजमा बढ्दै गएको गुण्डागर्दी, ठगी, हिंसा, लागुऔषध लगायत विकृति नियन्त्रणका लागी शान्ति सुरक्षा, सुशासन र जनमैत्री प्रहरी प्रशासन प्रहरी हाम्रो टोलमा कार्यक्रम आज देखि ७७ वटै जिल्लामा एक साथ लागु भएको छ ।

समाजमा शान्ति सुरक्षा र सुशासन कायम गर्न लागु हुने प्रहरी हाम्रो टोलमा कार्यक्रमलाई धनगढी उपमहानगरपालिकाले सहयोग गर्न नगर प्रमुख नृप वहादुर वडले बताए ।

उनले समाज बढ्दै गएको विकृती न्युनिकरणका लागी गृहमन्त्रालयले शुरु गरेको यो कार्यक्रम निकै सकारात्म भएको बताए । देश संघिय सरचनाा गईसकेपछि प्रहरी प्रशासन र स्थानीय नागरिकहरु बिचको सक्वन्धलाई अझ समुधुर बनाउने उदेश्य यस कार्यक्रमको रहेको छ ।
सुरक्षाको मुल आधार जनता बवाई नागरिक केन्द्रित सुरक्षा प्रण्ममलीको विकास हुन सके समाजमा बढ्दै गएको आपराधिक क्रियाकलाप निन्त्रण हुने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख अजुर्न चन्दले बताए । उनले यो कार्यत्रक्रम सफल पार्न सवैको सहयोग आवश्यक रहेको बताए ।

प्रहरी हाम्रो टोलमा कार्यक्रम सफल पार्न नागरिक समाजको समेत उतिकै दायित्व रहेको नागरिक समाजका अगुवा विर बहादुर जेठाराले बताए । उनले प्रहरीले जसका लागी काम गर्छ उसलाई प्रहरीले गरेको कामको अनुभुती हुन जरुरी रहहेको जानकारी दिए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले संघिय सरचना अनुसार प्रहरी प्रशासनलाई जनताको घरदैलोमा पुर्याउने उद्देश्यले यो कार्यक्रम लागु भएको बताए । उनले प्रहरी हाम्रो टोलमा कार्यक्रम सफल पार्न सवै निकायको सहयोग आवश्यक रहेको बताए । नेपाल प्रहरी पछिल्ला केहि बर्षमा ल्याएका कार्यक्रमले जनताको जिउ धनको सुरक्षाका लागी महत्वपुर्ण काम गरेका कारण यो कार्यक्रम समेत निकै उपल्बधीपुर्ण हुने बताए ।

दशैको चहपल शुरु

नेपालीहरुको महान चाड विजया दशमी नजिकिएसंगै बजारमा चहलपहल बढ्दै गएको छ । दशैको अवसरमा धनगढी बजारका विभिन्न चोकमा दशै मेलाको समेत आयोजना गरिएको छ ।

मेलामा अन्य समयको भन्दा सस्तो तथा छुटमा सामानहरु विक्रिवितरण शुरु भएपछि मेलामा सर्वसाधारणको संख्या बढेको छ । धनगढीको पार्क मोड देखि मालपोत रोड सम्मको सडकमा ब्यापारीले आफ्नै लगानीमा १० दिने दशै मेला संचालन गरेका छन् ।