एनसेल कम्पनीले टावरको भाडा नतिर्दा जग्गाधनीले गरे नेटवर्क अवरुद्ध
धनगढी, असोज । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले टावरको भाडा नतिरेपछि कैलालीको गौरीगंगा नगरपालिका राजीपुरमा जग्गाधनीले मोवाइल नेटवर्क अवरुद्ध पारेका छन । एनसेलले झण्डै १६ महिनाको भाडा नबुझाएको भन्दै नेटवर्क अवरुद्ध गरेको जग्गा धनीले दाबी गरे ।

घरधनीले टावरमा जाने बिजली अवरुद्ध पारेपछि नेटवर्क बन्द भई सो क्षेत्रका हजारौं एनसेल उपभोक्ता मारमा परेका छन् ।
करिव १० वर्षअघि स्थापना गरिएको एनसेलको टावरले यसअघि पनि भाडा नदिएको भन्दै जग्गाधनी राजिपुरका गौरीशकर सापकोटाले ५ पटक नेटवर्क अवरुद्ध गरेको बताए । यसपटक पनि सोही समस्या दोहोरिएको छ ।
जग्गाधनी सापकोटाले ५ हजार रुपैयाका दरले १६ महिनाको करिव ८० हजार रुपैया एनसेलले आफुलाई नदिएको दावी गरेका छन् । भाडा तिर्नका लागि पटक पटक आग्रह गर्दापनि एनसेलले कुनै वास्ता नगरेकाले नेटवर्क अवरुद्ध गर्न बाध्य भएको सापकोटाको भनाई छ ।
एनसेल कम्पनी र सापकोटाविच ३ वर्षमा नवीकरण गर्नुपर्ने सम्झौता भएको थियो । तर, सापकोटाका अनुसार ३ वर्षमा गर्नुपर्ने नवीकरण पनि हुन नसकेको सापकोटाले बताए । वाईट अवरुद्ध गरिएको टावरले गौरीगगा नगरपालिकाको चौमाला, राजीपुर लगायका क्षेत्रमा समेत काम गर्दै आएका थियो । स्थानीय तेजराम चौधरीले ३ दिनदेखि उक्त टावर अवरुद्ध हुदा त्यस क्षेत्रमा सयौ उपभोक्ता मारमा परेको बताए ।
उनले घरमा सवै जनाले एनसेल सिम प्रयोग गर्न भएका कारण टाढा टाढा रहेका आफन्तलाई सम्पर्क गर्न समस्या भएको बताए । वाईट ३ दिनदेखि एनसेलको नेटवर्क अवरुद्ध हुदा कतिपयले नमस्तेको सिमको जोहो गर्न थालिसकेका छन भने धेरै उपभोक्ता नेटवर्क सुचारु हुने आशमा छन ।
सो क्षेत्रमा एनसेलका सिम र रिचार्जको विक्रि वितरण समेत बन्द भएको स्थानीय व्यापारी दिपक रापकोटाले बताए । उनले समस्या समाधानका लागी ततल पहल हुनुपर्ने बताए । वाईट स्थानीयहरुले तत्काल समस्याको समाधान गरि नेटवर्क सुचारु गरिदिन आग्रह गरेपनि सेवा प्रदायक कम्पनी एनसेलले भने त्यसमा कुनै चासो देखाएको छैन ।













