लाइभ स्टाइल चेन्ज गर्न वृक्षारोपण !
कैलाली, असोज । ‘मान्छे जन्मेपछि जीवनयापनको लागि बोट विरुवा अपरिहार्य हुन्छ । त्यसैले हरेक व्यक्ति वार्षिक एउटा मात्रै विरुवा रोपे लाइभ स्टाइल नै चेन्ज हुन्छ ।’ यो भनाई वातावरण विज्ञ तथा होटेल रुवसका सञ्चालक प्रकाश भट्टको हो ।

उनले एउटा रुखबाट हुने फाईदा अक्सिजन मात्र नभएर आर्थिक विकासमा पनि टेवा पुग्ने भएकोले सबैलाई रुखको महत्व बुझ्न आवश्यक रहेको बताउछन् । रुखले अक्सिजन दिने, वातावरणलाई सफा सुन्दर बनाउने, सितलता दिने, खाना पकाउन दाउराको रुपमा प्रयोग हुने, विभन्न समाग्रीहरु बनाउन सक्ने जस्ता फाईदा संगै यसले विना मेहनतमा आर्थिक उन्नतीतिर उन्मुख बनाउन सक्ने बताए ।
पछिल्लो चरणमा जंगलबाट हुने फाईदाको लागि रुख काट्ने, बनजंगल फँडानी गर्ने, वन अतिक्रमण गर्ने जस्ता गतिविधि तीब्र छ तर भविष्यमा त्यसको असर कस्तो रहने भन्ने विषयमा कसैले चासो नलिएको उनलेको चित्ता पोखे ।
नेपालमा रहेको निजी वनसंगै प्राकृतिक वनपनि सखाप भईरहेको चिन्ता व्यक्त गर्दै उनले भने ‘यहि गतिमा वन फँडानी भयो भने अबको केही वर्षमै हामी धेरै दैवी प्रकोपबाट प्रताडित हुन्छौं ।’ त्यसैले जनतामा जगडिएर रहेको भ्रम तोड्न राज्यले नै नीतिगत प्याकेज ल्याउन आवश्यक रहेको उनको तर्क छ ।
एउटा रुखले १० वर्षमा लाखौको आम्दानी हुने भएकोले प्रतिव्यक्ति हरेक वर्ष एउटा विरुवा मात्रै रोपे हाम्रो समाजलाई आर्थिक रुपले सशक्त बनाउने सक्ने बताउदै सबैलाई विरुवा अनिवार्य लगाउन आग्रह गरे ।
त्यसैगरी, कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले गाउँ स्वच्छमै बनाउन बोट विरुवा रोप्ने नीति नै बनाएको बताए । उनले गाउँपालिकालाई ग्रीन स्मार्ट गाउँपालिका बनाउन वैज्ञानिक वन व्यवस्थापन योजना रहेको बताए । उनले वनजन्य उद्योगलाई नीतिगत रुपमा खुकुलो बनाउन सम्बन्धित निकायमा पहल गर्ने बताए ।
अध्यक्ष चौधरीले गाउँपालिकामा नर्सरी स्थापना गरी वन विकास तथा सडक किनारमा सौन्दर्यजन्य बोटविरुवा, नदी र सार्वजनिक जग्गाहरुमा सरोकारवालासंग साझेदारी गरी वृक्षारोपन गरी निजी वन लगाउन प्रोत्साहन गर्ने कार्यक्रम रहेको बताए ।
उनले संकटापूर्ण अवस्थामा पुगेका जडीबुटि, वनस्पतिहरुको संरक्षणको लागि अनुसन्धान केन्द्रको स्थापना तथा जैविक विविधताको अभिलेखिकरण गर्न कार्यक्रम तर्जुमा गर्ने बताए । जलवायू परिवर्तनलाई नकारात्मक असरलाई न्यूनिकरण गर्न रेडप्लस कार्बन संचितबाट वन क्षेत्रको व्यवस्थापन गर्ने बताए ।
गणेश गौरी सामुदायिक बन उपभोक्ता समिसतका अध्यक्ष अनिल थारुले वन समितिमा थुप्रै चुनौति रहेको बताए । उनले समिति नै वन संरक्षण बारे अविज्ञ भएकोले राज्यले नीतिगत प्याकेज ल्याउन जरुरी रहेको बताए ।













