कुखुरा पालन तालिम शुरु

हसुलिया, भदौं । दलित महिला अधिकार मञ्च कैलालीले कैलारी गाउँपालिका स्थित हसुलियामा ३ दिने कुखुरा पालन तालिम शुरु गरेको छ ।

मञ्चले दलित तथा पछाडी परेको वर्गलाई आर्थिकरुपमा सशक्त बनाउन सो समुदायलाई कुखुरा वितरण गर्ने कार्यक्रम रहेकोले उनीहरुलाई कुखुरा पालनको तालिम दिन लागेको सामाजिक परिचालक जनक भूलले बताए ।

उनले कैलाली गाउँ पालिकाको १,२,३,४ र ८ वडामा दलित महिला तथा सिमान्तकृत वर्गको समुह निर्माण गरि प्रत्येक समुहबाट ९ जनालाई जनही २० वटा कुखुरा वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिए । उनले कैलारी गाउँ पालिकामा १२ सय ६० कुखुरा वितरण गर्ने जनाए ।
कुखुरा पालनको लागि पाल्ने विधि अग्रिम जानकारी होस् भन्ने उदेश्यले उनीहरुलाई तालिम दिईरहेको बताउदै तालिम पश्चता खोर निर्माण गर्ने बताए ।

तालिममा सहजकर्ता पशुकेन्द्र हसुलिया कार्यालय प्रमुख अमृता पाण्डेले आर्थिकरुपमा कमजोर भएकाहरु पनि यो व्यवसायी सहजरुपले गर्न गर्न सक्ने बताईन् ।

उनले कुखुराबाट आर्थिक कमाउने मात्र नभएर व्याक्तिगत स्वास्थ्यको लागि पौष्टिक अहारमा पनि फाईदा हुने भएकोले यस्तो व्यवसायी गर्न जरुरी रहेको बताईन् ।

उनले कुखुरा पालन गर्दा समय थोरै लाग्ने, छिटो अम्दानी गर्न सक्ने, कुखुराको दिशाबाट मल उत्पादन गर्न सक्ने जस्ता फाईदा भएकोले तालिममा सहभागि भएकाहरुलाई आर्थिकरुपमा सुधार ल्याउने हिसाबले व्यवसायी शुरु गर्न आग्रह समेत गरिन् ।