‘२० वर्षमा कैलारी गाउँपालिकालाई स्वीजरल्याण्ड बनाउने’
हसुलिया, असोज कैलारी गाउँपालिका कैलालीका अध्यक्ष लाजुराम चौधरीले गाउँपालिकालाई २० वर्षमा स्वीजरल्याण्ड बनाउने बताए ।
उनले गाउँपालिका ५ वटा नदीले घेरिएको हुनाले जैविक तदबन्धन निर्माण गरि नमुना गाउँपालिका बनाउने बताए ।

अध्यक्ष चौधरीले कैलारी गाउँपालिकालाई ग्राफ डिजाईन बनाई वातावरणीय सरसफाई, पर्यटन विकास गरि स्मार्ट गाउँकोरुपमा विकास गर्ने बताए ।
पूर्व त्यसै गरी कृषि मन्त्री गौरी थारुले कैलारी गाउँपालिकामा सम्भावित पर्यटकीय क्षेत्रहरु धेरै भएकोले परिषलदे विनियोजित गरेको रकम सहि सदुपयोग गर्न आग्रह गरे ।
उनले संविधान जारी भए पछि कैलालीको अर्थिक समृद्धिकोलागि आधुनिक कृषि परियोजना अन्तगत कैलालीमा गहुँ सुपरजोन, धानजोन र माछ, आलु पकेट क्षेत्र लागु गरिएको जानकारी दिदै यस गाउँपालिकाको आर्थिक विकासकोलागि तोरी सुपरजोन सकेत थप गरेको बताए ।
त्यसै गरी यस चालु आर्थिक वर्ष २०७४÷७५ का लागि झण्डै ४० करोड रुपैयाको बजेट, कार्यक्रम तथा नीति सार्वजनिक गरेको छ ।
कैलारी गाउँपालिकाको प्रथम गाउसभाको आयोजना गर्दै गाउपालिका अध्यक्ष लाजुराम चौधरीले ३९ करोड ९८ लाख ९ हजार ९ सय १० रुपैयाको बजेट, कार्यक्रम तथा नीति सार्वजनिक गनरेका छन् । उनले चालु आर्थिक वर्ष २०७४÷७५ का लागि चालु तर्फ १५ करोड ४७ लाख ५३ हजार ४ सय ९१ र पुजीगत तथा विकाशेतर्फ २४ करोड ५१ लाख ४५ हजार ६ सय १२ रुपैया विनियोजन गरिएको बताए ।
अध्यक्ष चौधरीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा ३६ वटा योजना परेका छन । कैलाली गाउपालिकाको विकाशका लागि कैलारी सर्वार्ङिण विकाश कार्यक्रम सञ्चालन गरिने, गाउपालिकाभित्र बेरोजगार युवा, महिला बृद्धबृद्धाको लागि क्षमता विकाश रोजगार कार्यक्रम सञ्चालन गरिनुका साथै शिक्षित युवाहरुको लागि स्टार्ट–अप सम्मेलन गरि उद्योग व्यवसायमा प्रेरित गरिने गाउपालिका अध्यक्ष चौधरीले बताए । त्यस्तै, एक वडा एक एक उत्पादन पकेट क्षेत्र, एकिकृत सम्पती कर लागु गर्ने, ५ वर्षभित्र गाउपालिकालाई घर भित्रको धुवा मुक्त घोषणा गर्ने, स्नातक कलेज र बहुप्राविधिक शिक्षालय स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएका छन ।

गाउपालिकामा १ सय शैयाको अस्पताल स्थापना गरि सेवा सञ्चालन गरिने, ५ वर्षभित्र गाउपालिकालाई पूर्ण सरसफाई गाउपालिका घोषणा गर्ने ,थारु सङग्राहालय र थारु स्मारक पार्क स्थापना प्रक्रिया अगाढी योजना रहेका छन् ।
गाउपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा महत्वकाक्षी योजना समेटिएकाले त्यसको कार्यान्वयमा स्थानीयहले जोड दिएका छन । गाउपालिकाको विकासमा सहयोग पु¥याउने विभिन्न क्षेत्रका करिव १ दर्जन भन्दा बढी व्यक्तिलाई सम्मान समेत गरिएको छ ।













