दशैंकालागि चार करोड नयाँ नोट वितरण
धनगढी, असोज । नेपाल राष्ट्रि वैंक धनगढीले नेपालीहरुको महान पर्व वडा दशैं तथा शुभ दिपावलीलाई लक्षित गदै हाल सम्म ४ करोड रकम नयाँ नोट वितरण गरेको जनाएको छ ।

राष्ट्र बैंकले यस बर्ष सर्वसाधारणको सेवालाई मध्यनजर गदै ५ वटा काउण्टरबाट नयाँ नोट दिने ब्यवस्था मिलाएको नेपाल राष्ट्रि वैक धनगढीका उप निर्देशक रमेश आर्चायलले बताए ।
उनले २८ गते देखि नयाँ नोट वितरण शुरु भएसंगै दैनिक १ करोड रुपैया सट्टा भईरहेकोे बताए । यस बर्ष एक जनाले ५, १०, २०, ५० र १०० रुपैया गरी २७ हजार सम्म नयाँ नोट साट्न सक्ने उप निर्देशक आर्चायले बताए । नेपाल राष्ट्र बैंक धनगढी शाखा बाहेक प्रदेश नम्बर ७ मा रहेका वाणिज्य बंैकहरु बाट समेत नयाँ नोट साट्न मिल्ने बताए ।
दशैका लागी छापिएका नयाँ नोटको हिफाजत गर्ने सर्वसाधारण लाई नेपाल राष्ट्र बैकले आग्रह गरेको छ । नेपालीको सवै भन्दा ठुल्लो चाड दशैलाई लक्षित गरी वितरण गरेको नयाँ नोट च्यातिएमा, रङरोगन भएमा पुर्न नयाँ नोट बनाउन राज्यलाई नोक्सानी हुने भएका कारण सवैले नोटको सुरक्षा गनुपर्ने उप निर्देशक रमेश आर्चायले बताए ।
यस बर्ष दशै तिहार लाई लक्षित गदै राष्ट्रि बंैकले असोज १० गते सम्म नयाँ नोट वितरण गर्ने जनाएको छ ।













