जल जमिन र जंगलको अधिकार सुनिश्चित भए मात्र आदिबासीले अधिकार पाएकोे महशुस गर्छन्ः फूलमान
संयुक्त राष्ट्र संघ आदिवासी मामलाका लागि स्थायी मञ्चका उपाध्यक्ष एवं एसिया महादेशका प्रतिनिधि फूलमान चौधरीले जल जमिन र जंगलको अधिकार सुनिश्चित भए मात्र आदिबासीले अधिकार पाएकोे महशुस गर्ने बताए ।

क्यानाडाको मोन्टेरियलमा भएको आदिवासी अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रको दस वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
उनले संसारभरिका आदिवासीहरु पृथ्बीका मूल आदिवासी भएको बताउदै उनीहरुलाई जल, जंगल र जमिनको अधिकार संयुक्त राष्ट्रसंघका सदस्यीय राष्ट्रहरुले घोषणा पत्रमा प्रावधान गरिएको सम्पूर्ण अधिकारको धारालाई पूर्णरुपमा लागू हुनु पर्ने बताए।
‘उनले विश्वका आदिवासीहरु खास गरेर जमिनको भूमिसम्बन्धी समस्या भोगिरहेको बताउदै हालसालै भारत भ्रमणमा देखिएको भूमिसम्बन्धी समस्यालाई सबैले मनन गर्नु पर्ने बताए ।
कार्याक्रममा क्यान्डियन सरकारले आदिवासीका सबालमा विशेष चासो ब्यक्त गरेको थियो। कार्यक्रममा क्यान्डाका पूर्वप्रधानमन्त्री पाउल मार्टिनलगायत उच्च पदस्थ ब्यक्तिहरुको पनि उपस्थिति थियो। आयोजित कार्यक्रममा विन्न राष्ट्रका प्रतिनिधिहरुको सहभागिता थियो।













