दशैको आगमनसँगै थारु बस्तीमा सखियाको चहल पहल सुरु

कैलाली, भदौ । पहिला पहिला एक महिना सम्म नाचिने सखिया नाच आज भोली दशैंको आगमनमा मात्र नाचिने गर्दछन् ।

खेतिपातीको काम सकेर थारु बस्तीमा सखियाको चहलपहल शुरु हुन्थ्यो तर पछिल्लो पुस्ताले दशैं नजिकिदै गर्दा सखिया नाचको चहल पहल बढाएका छन् । आज भोली थारु गाउँमा विशेष गरि सखिया, झुम्रा र बड्की मारले दशैंको रौनक बनेको हुन्छ । थारु गाँउहरुमा म्यूजिक डान्सलाई सखिया नाचले भने उल्छेनाको हुन्छ ।

थारु गाउँ बस्तीमा आधुनिक गित तथा म्यूजिकहरुमा रमाउनेको संख्या नभएको पनि होईन तर सखिया नाच, झुम्रा नाच र बड्की मारले दशैं तिहारको बेला ओझेलमा पारिदिन्छ ।

दशै तिहारको बेला म्यूजिकमा जति रमाए पनि सखिया नाच नभएको गाउँ नै सुनसान जस्तो लाग्ने थारु अगुवाहरुको भनाई छ ।
‘दशै आउन हप्ता दिन मात्र बाँकी छ । थारु गाउँमा महिलाहरु घर लिप पोट गर्ने, आंगनमा भएका घाँसहरु उखेल्ने, घर वरिपरि सरसफाई गर्नमा व्यस्त छन् ।’ थारु होमेस्टे गाउँ भादाका व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी चौधरी भन्छन् गाउँमा दशैंको चहलपहल छाईसकेको छ । नाचगानको लागि मादल बनाउने, बनेका मादलहरु सजाउने काममा होमेस्टेका यूवा शक्ति होमिएको जानकारी दिए ।
उनले दशंैको अवसर पारेर सखिया नाच झुम्रा नाच र बड्की मारले यो वर्ष आन्तरिक तथा बाह्रय पर्यटक बढि भन्दा बढि भित्रियाउने प्रयासमा जुटेको बताए ।

दशैंमा होमेस्टे गाउँ मात्र होईन थारु बस्ती भएको अरु गाउँमा पनि टीकाको दिन र दशैं शुभकामना अर्दान प्रदान गर्ने दिन सखिया नाचको छमछमिले गाउँघरको परिवेश नै बदलि दिएको हुन्छ ।

थारु समुदायमा फूलपातीको दिनलाई ढिक्री पूज्ने अथवा ढिक्रहवा भन्छन् । त्यो दिन र टीकाको दिन रातभरी सखिया नाच नाच्ने गर्छन् । पुरुषले मादल बजाउने र युवतीले नाच्ने चलन हाल सम्म कायमै छ ।

थारु समुदायको सखिया नाचको आकर्षणले आन्तरिक तथा बाह्य पर्यटकहरु पूर्णरुपले आनन्दित हुन्छन् । जसले थारु सांस्कृति प्रेमीहरु गौरवान्वित हुने गरेको बताउछन् थारु बुद्धिजीवि ।

दशैंमा थारु समुदायले सामुहिकरुपमा टीका ग्रहण गर्ने गर्छन् । सखिया नाच नाच्दै अभिभावकसँग सामुहिक टीका ग्रहण गर्ने गर्दछन् । दशैंले एक अर्काको सम्बन्धलाई जोड्ने र मायालाई अटुटरुपमा कायम राख्ने विश्वास छ ।

पहिल पहिल थारु गाउँबस्तीमा कृष्णा जन्म अष्टमीको दिन देखि दशैं सम्म सखिया नाच नाच्ने संगसंगै गीत पनि गाउथे । तर पछिल्लो अवस्थामा थारु यूवा यूवतिहरु म्यूजिक भिडियोलाई पनि ग्रहयता दिए संगै व्यस्त जीवनशैलीले महिनौ दिन सखिया नाच नाच्न नसकेको बताछन् कैलारी गाउँ पालिका वडा नं. ८ का मोरिनिया सुन्दरी देबी चौधरी ।

उनी भन्छिन् ‘हामी आफ्नो उमेरमा साथीहरुसंग नाचेर गित गाएर आफ्नो पीडा अर्दान प्रर्दान गथ्र्यो । मौसम अनुसारको गितहरु गाउथ्यो । जस्तै दशैंमा सखिया गित, असार साउनमा सजना गित, जाडो मौसममा मांगर, धमारहरु गाएर रमाउथ्यो ।’ अब त संस्कृतिको नमुना मात्र बाँकी छ । उनले भनिन् ।