सामुदायिक बनलाई व्यवस्थापन गर्न सके दिगो आर्थिक विकास सम्भव

धनगढी, भदौ । देशमा राजनीतिक स्थायित्व नभए सम्म देशको समग्र विकासमा बाधा हुने नेकपा एमालेका उपाध्यक्ष भीम रावलको भनाई छ । उनले दिगो आर्थिक विकासको लागि बनजंगललाई व्यवस्थित गर्न जरुरी रहेको धारण व्याक्त गरे ।

धनगढीमा कृषि आधुनिकीकरण, पर्यटन विकास, सामुदायिक वन व्यवस्थापन तथा अव्यवस्थित बसोबासको व्यवस्थापन सम्बन्धी जिल्ला स्तरीय निती निर्माणमा छलफल गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।

उनले व्याक्ति र जंगलसंगको सम्बन्धको विषयमा गम्भिर हुन आवश्यक रहेको बताउदै व्याक्तिगत जीवन र जंगलसंगको सम्बन्धलाई सबैले महसुशीकरण गर्न अनुरोध गरे ।

उनले देश विकासको लागि राजनीतिक स्थायित्व आवश्यक रहेको दाबी गर्दै देशमा भईरहेको राजनीतिक गतिरोध र सरकार फेरबदलको कारण सम्बृद्ध विकास हुन नसकेको तर्क दिए ।

छलफलमा जिल्ला समन्वय समितिका संयोजक सुर्य थापा वन व्यवस्थापनको लागि सामुदायिक वनमा रहेको तमान जडीबुटीको सहि सदुपयोग गरे दिगो आर्थिक विकास हुन सक्ने बताए । उनले सानो जमिनमा पनि बास खेती लिप्तिस खेतिले राम्रो आर्थिक उपार्जन गर्न सक्ने बताए ।

घोडाघोडी नगरपालिकाके नगर प्रमुख ममता प्रसाद चौधरी पर्यटन विकासको लागि पर्यटकहरुको लागि विभिन्न खाले पर्यटन प्याकेज ल्यउन जरुरी रहेको सुझाब दिदै जिल्लामा रहेका सम्भावित पर्यटकिय स्थलहरुलाई व्यवस्थित गरे आर्थिक श्रोत राम्रो हुन सक्ने बताए । उनले पर्यटन व्यवसाय लगायत देशको सम्पूर्ण विकासको लागि गुरु योजना बनाउन जरुरी रहेको बताए ।

टीकापुर नगरपालिकाको नगरप्रमुख टपेन्द्र रावल कृषि आधुनिकीकरणको लागि भू उपयोग निती लागु गर्न आवश्यक रहेको बताए ।