पुर्वेली थारुहरुले मनाए जितिया पर्व

कैलाली, चितवनदेखि पूर्वका थारु महिलाहरुले जितिया पर्वलाई धुमधाम मनाएका छन् । उनीहरु थारु नाच, झाम्टा नाच, लाठी नाचसंगै जितिया पर्वलाई रौनक बनाएका छन् ।

पूर्वी क्षेत्रका थारु बाहुल्यता भएका जिल्ला नवलपरासी, चितवन, बारा पर्सा, सुनसरी लगायत कठामाडौंमा पनि जितीया पर्वको निक्कै रौनक छाएको छ ।

पछिल्लो समय आफ्ना कला संस्कृतिहरु लोप हुन थालेपछि सो संस्कृतिको जगेर्ना तथा संरक्षणकोलागि विभिन्न कार्यक्रम गरि जितिया पर्व मनाउने परम्परा बसालेका छन् ।

जितीया पर्व सप्तमीबाट सुरु भई तीन दिनसम्म धार्मिक विधिपूर्वक मनाइन्छ । विवाहित महिलाहरुले मंगलबार बिहान नदी, कुवा तथा पोखरीमा स्नान गरी चोखो वस्त्र लगाएर पर्व सुरु गर्ने चलन छ ।

पहिलो दिन अर्थात यस वर्ष मंगलबार डटकट (दर) का रुपमा चिचर, माछा खाने झाम्टा नाच्ने प्रचलनमा छ । जितिया पर्व अन्र्तगत अष्टमीका दिन उपवास बसी जीतमहानको पूजा गरेर थारु पुरुहितबाट कथा प्रवचन सुरु हुन्छ । यस्तै अन्तिम दिन विधिपूर्वक जितियाको तारन गर्ने प्रचनल छ ।