२ घण्टामा नेप्से परिसूचक शून्य दशमलव ९ प्रतिशत घट्यो

काठमाडौं । सोमवार नेप्से परिसूचक शून्य दशमलव शून्य ९ प्रतिशत घटेको छ । कारोबार शुरु हुँदा बढेको बजार एक घण्टा नबित्दै घटेको थियो । कारोबार भएको एक घण्टा पछि उकालो लाग्न थालेको बजार दुई घण्टाको अवधीमा १ दशमलव ४४ अङ्क घटेर १ हजार ५ सय १८ दशमलव २२ विन्दुमा पुगेको छ ।
कारोबारमा आएका तिन समूहहरुको परिसूचक बढेको छ भने बाँकी समूहहरुको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक घट्न पुगेको हो ।
यस समयमा १ सय ४५ कम्पनीहरुको रू।४५ करोड ५२ लाख बराबरको शेयर कारोबार भएको छ । नविल बैङ्क लिमिटेडको प्रत्ति कित्ता रू। १ हजार ६ सय ३९ मा रू। ४ करोड ६९ लाख बराबरको सबैभन्दा धेरै शेयर कारोबार भएको छ ।
होटल समूहको परिसूचक शून्य दशलमव ३९ प्रतिशत बढेको छ । जलविद्युत कम्पनीको शून्य दशमलव ६५ प्रतिशत र बीमा कम्पनीको परिसूचक शून्य दशमलव ३७ प्रतिशत बढेको छ ।
साथै, वित्त कम्पनीको परिसूचक शून्य दशमलव ६६, ‘अन्य’ समूहको शून्य दशलमव २८, बैङ्किङको शून्य दशमलव २६, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव २२ प्रतिशत र विकास बैङ्कको परिसूचक शून्य दशमलव १६ प्रतिशत घटेको छ ।













