उडान थपिए, जहाज पार्किङ लगाएत अत्यावश्यक पुर्वाधारहरुको अभाव
धनगढी, भदौ । धनगढी विमानस्थलमा उडानहरु वढ्दै गए पनि अत्यावश्यक पुर्वाधारहरुको अभाव हुन थालेको छ । दुई वटा जहाजको पार्किङ र नयाँ रिपिटर टावर बनाईएपनि दैनिक पाँच वडा उडान हुन थालेपछि भिआईभी उडान वा भिआईपीको हेलीकप्टर राख्ने पार्किङ स्थलको अभाव हुन थालेको छ । रिपीटर टावरको भुईतलामा एयरलाईन्स कम्पनीका काउन्टरहरुले भरीभराउ भएकाछन ।

दैनिक ५ उडान भईरहेको अवस्थामा विभिन्न विमान कम्पनीको समय तालिका फरक भएकोले अहिले त्यति समस्या नभए पनि विमानस्थलमा सँगै दुई वटा भन्दा वढी विमान अवतरण गराउनका लागि पार्किङ एप्रोन क्षेत्रको पनि समस्या हुने देखिएको धनगढी विमानस्थलका प्रमुख छवि ठकुल्लाले बताउनुभयो ।
देशकै दोस्रो ठुलो विमानस्थल भनिएको धनगढी विमानस्थलमा चौविसै घण्टा राख्नुपर्ने दमकल छैन भने यात्रुहरु चेकजाँचका लागि एक्सरे मेसिन पनि प्राविधिक अभावमा सञ्चालन हुन सकेको छैन् । ज्यादै संवेदनसील मानिने विमानस्थलमा अब सुरक्षाका पुर्वाधारहरुको आवश्यकता पनि खड्किएको छ । विमानस्थलमा जहाजमा ईन्धन भर्ने सुविधा पनि उपलब्ध छ । नेपाल आयल निगमका ट्यांकर विमानस्थल परिसरमा गएर तेल भर्छन । हवाई सेवा प्रदायक विमान कम्पनीको सुविधाका लागि रिफ्युलिङ सेन्टरको व्यवस्था भए पनि वारुण यन्त्र अहिलेसम्म राखिएको छैन ।
त्यस्तै सुरक्षा चेकजाँचका लागि अत्याधुनिक एक्सरे मेसिन पनि उत्तिकै खाँचो पर्छ । तर, धनगढी विमानस्थलमा यक्सरे मेसिन आएपनि त्यसलाई चलाउने जनशक्ति नभएकाले जडान हुन नसकेको विमानस्थलका प्रमुख छवि ठकुल्लाले बताउनुभयो । धनगढी विमानस्थलमा रात्रीकालीन सेवा सुचारु गर्ने हल्ला चलेको वर्षौं भइसकेको छ । त्यो सेवा सुरु गर्न आवश्यक उपकरण जडान गर्नका लागि अहिले जग्गा अधिग्रहणको काम भईरहेको छ । रात्री उडानका लागि पथ प्रदर्शक उपकरण, रन वे लाइट र पार्किङ लाइटको प्रबन्ध नभएकै कारण सेवा सुरु हुन सकेको छैन ।
वढ्दो हवाई सेवा अनुसार नै पुर्वाधार र अति आश्यक स्रोध साधनको व्यवस्थापन पनि हुनुपर्ने टुर्स एण्ड टाभल्र्स एसोसिएसन सुदुरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टले बताउनुभयो । धनगढी विमानस्थलको स्तरोन्नतीका लागि आवश्यक जग्गा अधिग्रहण गर्दै विभिन्न उपकरण जडानको काम अगाडी वढाउने प्रक्रिया पनि भईरहेको छ । यहाँवाट प्रदेश नम्वर ७ का पहाडी ज्लिलाहरुमा पनि आन्तरिक उडान हुनुपर्ने र यसलाई अन्तराष्ट्रिय विमानस्थलको रुपमा विकास गर्नुपर्ने आवाज पनि उठीरहेको छ । दिनेश एफएमबाट













