पैसा नहुदाँ उपचारमा समस्या

कालिकोट भदौं । जिल्लाको पचालझरना गाउँपालिका – ५ राम्नाकोटकी ३८ बर्षिया महेसरा सार्कीले पैसा नहुदाँ मुखमा मासु बढ्ने रोगले पीडित बनेकी छिन् । उनी पैसाको जोहो गर्न नसकेर उपचार गर्न पाएकी छैनन् । मुखमा मासु पलाउने रोगले १० बर्षदेखि पीडित बनेकी सार्की पैसाको अभावले रोग बालेर बस्न बाध्य बनेकी छिन् ।
गालामा पहिले सानो गिर्को आएको अहिले त्यो बढ्दै गएर ठुलो भएको उपचारका पैसा नहुदाँ कता उपचार गर्ने आफुलाई थाहा नभएको महेसरा सार्कीले बताइन् । ‘पहिले सानो थियो । अहिले ठुलो भयो ।’ उनले भनिन्,–‘पैसा छैन् कता उपचार गराऔं ।’
कहिले पनि अस्पतालको मुख समेत नदेखिकी सार्कीलाई उपचार गर्न स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्न गएको तर, त्यहाँ स्वास्थ्यकर्मीहरुले यहाँ उपचार संम्भव छैन् भनेर फर्काएको सार्कीले बताइन् । ‘यहाँको स्वास्थ्य चौकीमा उपचारको लागि गएको थिए ।’ उनले भनिन्,–‘स्वास्थ्यकर्मीले यहाँ उपचार हुदँैन भने ।’
सार्कीको एउटा गम्भीर रोग भएको र त्यसका कारणले मृत्यु पनि हुनसक्ने यो रोग डाक्टरका लागि नयाँ अनुसन्धान बिषय पनि हुन सक्ने नेपाली कांग्रेस महासमिति सदस्य मोतीराज बमले बताए । ‘सार्कीलाई लागेको गम्भीर प्रकारको रोग हो ।’ उनले भने,–‘उनीसँग पैसा छैन । उनलाई उपचारका लागि पहल थालेका छौं । डाक्टरहरुका लागि अनुसन्धानको बिषय हुनसक्छ ।’













