कोभिडको क्रममा मानव अधिकार रक्षकहरूको अवस्था अध्ययन प्रतिवेदनमाथि छलफल

धनगढी, १४ असोज । कोरोना भाइरस कोभिड(१९ को महामारीमा मानव अधिकार रक्षकहरूको अवस्थाबारे अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सो प्रतिवेदन सार्वजनिक गरेको हो ।

उक्त प्रतिवेदनमा कोरोना भाइरस कोभिड(१९ महामारीमा मानव अधिकार कर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा मानव अधिकारको क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी संघ संस्थामा काम गर्ने व्यक्तिहरूले सामना गर्नु परेका चुनौती तथा समस्याहरू बारे उल्लेख गरिएको छ ।

प्रतिवेदन सार्वजनिक तथा छलफल कार्यक्रममा सेती प्रादेशिक अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. शेर बहादुर कमरले मानव अधिकार कर्मीहरू ले पनि आफ्नो अधिकारको प्रयोग गर्दै गर्दा अरूको अधिकारको पनि ख्याल गर्नु पर्ने र स्वास्थ्य उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूलाई पनि मनोबल, हौसला बढ्ने तरिकाले सुझाव दिन आग्रह गरे ।

यस्तै सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले कोरोना महामारी अहिलेको समयमा केही कम भएपनि स्वास्थ्यका मापदण्ड पालन गर्न सबैमा अनुरोध गरे । ।